Logo

Student Corner

Articles

द गड अफ हाई स्कुल
- Subham Regmi - 22014, Grade X ... 10 December, 2021

द गड अफ हाई स्कुल एउटा एक्सन कथा हो जुन सन् २०११ मा सुरु भएको थियो । यो कथा एकदमै रमाइलो र हेराैँ हेराैँ लाग्ने खालको छ । यो कथा “मोरी जिन” नाम रहेको १७ वर्षीय केटाको बारेमा आधारित छ । याे कथामा सुरुमै के भनिन्छ भने मोरी जिन चाहिँ एक अनाथ हुन्छन्, जसलाई एक बुढा मान्छेले हुर्काएका हुन्छन् । ती बुढा मान्छेलाई मोरी जिनले हजुरबुबा भनेर बोलाउने गर्थ्यो । यो कथाको जति गहिराइमा जान सक्छौँ त्यति नै राम्रो छ यो कथा ।  

हजुरबुवाले सानैदेखि मोरी जिनलाई तेक्वान्दो सिकाउँथे । तेक्वान्दो कोरियाली मार्सल आर्ट्स् हो । मोरी जिनले तेक्वान्दो धेरै सिकेका थिए । धेरै मेहनतपछि उनलाई गड अफ हाई स्कुल नामक तेक्वान्दो प्रतियोगिताबाट निमन्त्रणा आउँछ । कोरियाका उच्च माध्यामिक विद्यालयका सबै विद्यार्थीहरूमाझ सबैभन्दा राम्रो लडाकु निर्धारण गर्न एउटा प्रतियोगिता आयोजना गरिएको हुन्छ । त्याे प्रतियोगितामा जसले जित्छ, त्यसले एक लाख डलर पैसा र उसलाई जे माग्न मन लाग्छ त्यही माग्न पाउने पुरस्कार तोकिएको हुन्छ । उनले आफ्नो जीवनमा धेरै शत्रुहरूसित सामना गर्नु परेको थियो । मोरी जिन एकदमै मेहनत गर्ने व्यक्ति थिए । यो कथामा धेरै आतङ्कहरू मचिएका पनि छन् । यो कथाले अलि अलि रिसको कुरा पनि गरेको छ । मैले यो कथा सबै नसकिए पनि यो कथा एकदमै रमाइलो रहेको छ । मोरी जिनले त्यो प्रतियोगिता जित्न धेरै परिश्रम गरेपछि उनले अन्त्यमा जित्छन् । उनले आफू अब्बल छु भनेर देखाउन उनलाई धेरै समय लाग्दछ । उनले यो प्रतियोगितामा धेरै जितेपछि उनको आफ्नै मिल्ने साथीहरू पनि शत्रु भन्न पुगेका थिए । उनले त्यस बेला राम्रो शिक्षा पाएका थिए कि कोही पनि आफ्नो हुँदैन भनेर । याे कथामा सबैभन्दा रमाइलो ठाउँ चाहिँ जब उनले जति हार्दा पनि हार नमानी अगाडि बढ्न नडराई अगाडि बढ्छन् । उनले आफ्ना हजुरबुबाको मेहनत र आफ्नो परिश्रम खेर जान दिँदैनन् । याे कथा कोरियाली भाषामा भए तापनि बुझ्न सकिन्छ ।

यसका धेरै शृङ्खलाहरू आइसकेका छन् । म एकचोटि सबैलाई यो कथा हेर्न आग्रह गर्दछु किनकि यो कथा एकदमै रमाइलो र प्रेरणा दिने खालको छ । मैले धेरै एनिमेहरू हेरेको छु र मलाई यो एनिमे एकदमै रमाइलो लाग्यो । 
 


Read More
नेपालको कम्युनिस्ट राजनीतिका महत्त्वपूर्ण दिनहरू
- Ashna Shrestha - 23064, Grade ... 10 December, 2021

वि. सं. २००६ वैशाख १८ गते पार्टीका संस्थापक महामन्त्री कमरेड पुष्पलाललाई चयन गर्दै कमरेड निरञ्जन गोविन्द वैद्य, कमरेड नारायणविलास जोशी, कमरेड नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य भए । भाद्र ३० मा पार्टीको केन्द्रीय सङ्गठन समिति, विधान र घोषणापत्र जारी गर्दै विधिवत २००६ भाद्र ३० गतेलाई नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको घोषणा गरियो । किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका लागि सङ्गठित हुनका लागि पहिलो पर्चामा नै आह्वान गरिएको थियो । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजङ्ग रायमाझी लगायतका नेताहरू पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामन्तवाद, दलाल-नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबिचमा काङ्ग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यस क्रममा केशरजङ्ग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी विभाजन भयो । विभाजनका बिच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्तिमार्फत् नेकपा माले र हालको एमालेको रूप लिए । पुष्पलाल, मनमोहनहरूको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो । मोहनविक्रम सिंह, निर्मल लामाहरूले नेतृत्व गरेका विभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मशाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो । यद्यपि मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसाल बोकेर बसिरहेका छन् । २०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पञ्चायतकालमा विभिन्न चिरामा विभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्‍यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एसियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो । २०५४ सालमा एमाले विभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठुलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करिब दुई तिहाई बहुमत सिट जित्न सफल भएका छन् । यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करीव ७० वर्षकै इतिहासमै सबैभन्दा ठुलो सफलता हो ।
 


Read More
There is no success without failure
- Shreejal Khatri - 22024, Grad ... 10 December, 2021

A person is destined to face challenges in life. Life is not a bed which gives you comfort. Obstacles and difficulties are bound to come in the way. Everyone desires for success in their life but not everyone gets it. This is because it depends on the person what he decides to do with his life. The reason only some people get it is because those who are not scared of taking risks and failing will get back on their feet and strive for even better results.

Success is the result of hard work, firm determination and dedication. Sometimes, the attempt proves to be a failure. But failure is a natural phenomenon. Though we fail in some things, we also get a lot of experience along with it. People say that failure is a bad thing whether it is in our life, our education, or anything that we do. I would say that is really wrong because if we are starting something and we have never done it before then there will always be failure along the way. Let’s take an example of learning how to ride a bike. When we start to learn to ride we fall many times because it is something new that we are doing and the chances of failure is really high. After falling a couple of times we actually start to see some progress and eventually learn how to do it. Life is very similar to this example, as you go into the real world after school or get into a job you will find it hard to adapt to this and so you fail. But if you keep on striving for success it will eventually come to you. There are many examples of people around the world, some of the most successful people in the world have faced failures and stress in life before they became successful. When a person has not faced failure he/she becomes too self-assured and easy going.
Did you know that the famous author J.K. Rowling’s (Joanne Kathleen Rowling) Harry Potter Books was turned down by the publishers before it became a successful selling books of all time. Through her example we can also say that after she failed 12 times to get it published, she did not stay down at all, rather she got back up and started trying and trying until she became successful. It is about the consistency in life that makes you successful. Let’s take an example of a person who has got a great physique. He/she got that physique by exercising, having a healthy diet and sleeping well. Now they did not get such a good physique in a month or two, it takes a lot of time and this is when consistency plays an important role. Many people like to search for problems rather than solutions. I have also encountered most people blaming their genes, or their coach for them not being fit in like 2 months. It is damn near impossible for someone to see that much progress in such a short time. So to be successful we also need to have a lot of patience and faith in ourselves.
The most important part to remember if you want to be successful in life is that you have to believe in yourself, do not ever doubt yourself because you are also a human, you too have the power to do great things in your life but the decision is yours to make. If you wish to live a better and successful life you must be ready to take on all the obstacles that come along with it.
 


Read More
The sleepless night
- Ishan Adhikari - 23023, Grade ... 10 December, 2021

Sound asleep, I was on the bed that night
when all of a sudden a cool breeze hit me.
I don’t know if I woke up in fright,
But the thunder definitely made my sleep flee.

The flashes of light hit my eye.
And then I realized that the rain was coming.
I wish I could go outside and fly,
to be able to see how the clouds were drumming

The sky was loud and the flashes were bright
and only then, the rain started to fall.
It was not just a random rainy night,
as it was one where I didn’t sleep at all

Listening to the melody of the rain that came,
was when I sank into my world of seclusion.
It wasn’t of course the rain to blame,
for projecting my mind with such an illusion

Diving into the ocean of my thoughts,
I don’t know where I was headed that time.
But I remember I couldn’t get my head across,
the questions whose answers I couldn’t find.

Each drop of rain had a story to tell.
I wish I could hear them all at once
But I couldn’t even count how many fell,
to taste the soil, they were in a rush.

I was thinking all that laying on my bed all alone.
I don’t know why I was in a pensive mood.
What was happening to me I was unknown,
when I realized that to the moment I was glued.

I was picking myself up from my thoughts
When the light from sun enlightened my face
A gust of wind again ,
But this time with the morning’s dress.

The sun was shining and the rain had stopped.
I realized that it was morning already.
There was no darkness that was left behind,
Now to have a great day I was all ready.
 


Read More
बाबाको सपना
- Yojana Gautam - 23068, Grade ... 09 December, 2021

छोरी टुकुटुकु हिँड्दै गर्दा 
भर्खर बामे सर्दै गर्दा 
सिसाकलमले दिदीको गृहकार्य गर्ने कापीमा
बाङ्गोटिङ्गो कोर्दै गर्दा 
अनि पहिलो चोटि स्केल भट्टा अनि सिमीको एक मुठी पात चुँडेर 
दिदीको पछिपछि उफ्रिँदै स्कुल जाँदै गर्दा 
मभित्रका इच्छा आकाङ्क्षाहरू परिवर्तन हुन्छन् समयानुकूल 
तर बाबाले देख्न सुरु गर्नुभएको छ एउटै सपना 
जस्तोसुकै कठिन घडीमा पनि 
आँधीहुरी या सङ्कटमा पनि 
छोरीलाई इन्जिनियर बनाउने सपना ।

स्कुलमा पढेकी थिएँ, 
गुरुहरूबाट सुनेकी थिएँ, 
सपना केवल सपना मात्रै होइन,
यो एउटा भविष्यको मार्गचित्र हो, 
सायद त्यही मार्गचित्र जुन मैले मेरो निम्ति कोर्न सक्ने हुनुभन्दा निकै पहिले 
मेरो निम्ति मेरो बाबाले कोरिसक्नुभएछ ।

सपना सोचेर कहिलेकाहीँ अत्यास लाग्थ्यो,
त्यही पल्लो गाउँको सरकारी स्कुल त हो नि 
धन्न निःशुल्क थियो र हाम्रो पहुँचमा थियो,
पुरानै लुगा लगाएर भए पनि चुँडिएको चप्पलकाे सहारामा 
सपनाको अजङ्गकाे भारी 
सकिनसकी वहन गरेर किताबका पानाहरू 
अनि गुरुहरूको आदर्श वचनमा 
अनि बाबा आमाको करुण मुस्कुराहटमा 
मैले सपना पुरा गर्ने यथेष्ट आधारहरू भेटिसकेकी थिएँ ।

सपना देखेर निदाएका कयौँ पलहरू छन्, 
सपना भुलेर हराएका कैयौँ कालहरू छन्, 
म स्वयम्‌मा नै लडेर अघि बढेका
कैयौँ पलहरू सम्झन्छु, 
सहज त के छ र यो दुनियाँमा ?
खडेरी परेर चर्केका खेतहरूभन्दा 
ऋण तिर्न भनी बिदेसिएका छोराछोरी 
काठको बाकसमा फर्केको बेलाको आमाको मन हेर्छु, 
र बाबाको सपना सझन्छु ।

अब बाबाको सपना केवल बाबाको मात्र रहेन, 
सपना झन् प्यारो लाग्न थालिसकेछ, 
जब थाहा नपाई बाबाको सपनालाई
मैले आफ्नै सपना बनाइसकेकी रहेछु ।
 


Read More
कोरोनाले बदलिएको मानिसको मानसिकता
- Binayak Mahato - 22025, Grade ... 09 December, 2021

कोरोना भाइरसको हल्ला विश्वभर फैलँदा विभिन्न ठाउँका मानिसहरू अति नै आत्तिएका थिए । कोही आफ्ना आफन्तका लागि भने कोही आफ्ना घरपरिवारका लागि । मानिसको मानसिकतामा यो कोरोनाको निकै डरलाग्दो असर देखिएको छ । मानिसहरूमाझ यो एउटा महामारी मात्र नभएर यसले अर्कै नै डरलाग्दो रूप लिन पुगेको छ । कोरोनाले जागिरेको जागिर गुमाइदिएको छ भने यहाँ यसले देशका भविष्य यी साना कलिला बालबालिकाको पढाइमा ठुलो असर परेको छ । हुन त हामी कसैले जा भनेर जाने पनि हैन यो महामारी । बस्, केवल हामीले गर्न सक्ने भनेको सावधानी अपनाउन मात्र हो ।  आजभोलि मानिसको मस्तिष्कमा यो महामारीले निकै धेरै डरलाग्दो जोखिम पनि ल्याएको छ ।  

पहिला मानिसलाई १०२ डिग्री ज्वरो आउँदा पनि तातो पानी, औषधी र डाक्टरको केही सरसल्लाहले ठिक हुने त्यो ज्वरोले आज यस्तो रूप लिन पुगेको छ । मानिसको सोच नै परिवर्तन गरिदिएको छ याे रोगले । हेर्ने हो भने यो रोगभन्दा ठुलो महामारी त हाम्रो दिमागमा भएको यो रोगप्रतिको डर र त्रास रहेको छ । आजभोलि घरको कोही एक सदस्यलाई ज्वरो, रुघाखोकी लाग्दा उसलाई त्यो रोगले सताएको भन्दा बढी त बाँकी सदस्यले उसलाई कोरोना लागेको हो कि भन्ने चिन्ताले उसलाई भित्रभित्रै खाएको हुन्छ । एउटा सानो कुरा गरौँ, हिजो भर्खरको । मेरो साथीको बुवालाई ज्वरो आइरहेको रहेछ । उसले मलाई फोन गरेर पहिलो शब्द के बोल्यो भने, "हेर न विनायक ! बुवालाई त कोरोन लागेछ ।" मैले उसलाई तत्कालै त केही भनिनँ, बस्, यस्तै कता जानुभयो ? कस्तो छ अहिले ? भन्ने कुरा गरेँ । ऊ आत्तिँदै थियो कि यदि गाह्राे नै भइहाल्यो भने त राती नै अस्पताल लानुपर्छ होला भनेर तर मैले उसलाई त्यस्तो केही हुन्न भनेर सान्त्वना दिएँ । मैले उसलाई भन्दै थिएँ, "हेर साथी, केही हुन्न त्यस्तो, चिन्ता नमान । कोरोन पक्का हैन होला । यस्तै अलि थाकेर पनि ज्वरो आएकाे हुन सक्छ । हेर साथी, अहिले भनेको हाम्रो दिमागमा पनि त्यही कोरोनाको डर चलिरहेको छ । एकचोटि सोचिहेर त, पहिला ज्वरो आउँदा हामी नै हौँ नि त्यो औषधी खाएर निको हुने तर अहिले भने यो रोगले भन्दा पनि हाम्रो यो रोगप्रतिकाे नकारात्मक सोचले बढी पीडित बनाएको छ हामीलाई ।" त्यत्तिकैमा आज बिहान उसको बुवाले पिसिआर गराउनु हुँदा त्यो काेरोना थिएन । डाक्टरले हेर्नु हुँदा निमाेनिया भएकाे रहेछ भनेर भन्नुभयो ।

मैले यो पनि भन्न खोजेको हैन कि कोरोनले केही गर्न सक्दैन र यो केही हैन । यो एउटा ठुलो महामारी हो, हामी यसबाट बच्नुपर्छ तर आजभोलि जो मानिस याे रोगबाट पीडित छन्, उनीहरूलाई हेर्ने यो समाजको नजर बदल्न पाए केही राम्रो हुन्थ्यो कि भन्ने मात्र मेरो भावना हो । जो मानिस कोरोनबाट सङ्क्रमित छन्, उनीहरूलाई हामीले राम्रो नजरले हेर्यौं भने उनीहरूलाई पनि त्याे रोगसँग लड्ने क्षमता केही हदसम्म बढ्छ होला ।
 


Read More
Climate change is causing flowers to change color
- Arya Tharu - 22006, Grade XII ... 09 December, 2021

What if I say, the red roses will turn into turquoise color due to climate change in some decades? The increasing temperature not only affects the weather, wildlife, it is also affecting the flowers to change their color. Somehow it sounds meaningless but due to the increase in temperature, it is confirmed that the deterioration of the ozone layer causes the flow of harmful UV radiation rays. The UV radiation rays are not just harmful to humans but also to flowers. 
The pigmentation present in the flowers has increased over the period which leads to the degradation of the pollen.  We can compare the temperature today to being much higher than the temperature 8 years ago. Due to changes in climates, some flowers are darkening their hue to protect themselves from the sun’s radiation. The flowers are affected all over the world by damaging flower pollen.
Many species have twisted their appearances, changed their habitats, and altered reproductive strategies as they adapt to the effect of climate change. The species of the flowers which are in the area with more UV exposure had more UV pigments. UV pigments are invisible to the human eye but it creates problems for the pollinators which rely on the colors to find and pollinate flowers.
So the changing of color in flowers has become an easy process due to climate change. Everybody must know to be protected from the harmful UV rays. We should plant many plants and we should try to use a lot of mulch as it helps in retaining water. Also, we should try to cover the flowers with shade cloth. The biggest mistake most people make is, they use a lot of fertilizers hoping to get beautiful plants or flowers but the result is negative, it degrades the quality of soil and less plants or flowers will be grown. Therefore, we must take good care of flowers because it has a lot of benefits for us human beings.
 


Read More
जेम्स मोरिसन
- Ishan Raj Upadhyay - 22008, G ... 08 December, 2021

जेम्स डगलस मोरिसन एक अमेरिकी गायक, कवि र गीतकार थिए, जो रक ब्यान्ड ‘द डोर्स’ का प्रमुख गायक थिए । उनकाे व्यक्तित्व, काव्यात्मक गीत, अद्वितीय आवाज र प्रदर्शनका कारण उनी व्यापक रूपमा परिचित थिए र उनको जीवन र प्रारम्भिक मृत्युको वरपरका नाटकीय परिस्थितिहरू पनि । मोरिसनलाई सङ्गीत समीक्षक र प्रशंसकहरूले सबैभन्दा प्रतिष्ठित र प्रभावशाली गायक,  गीतकारको रूपमा मान्छन् । उनको मृत्युपछि उनको ख्याति एक लोकप्रिय गायक र प्राय: प्रदर्शित आइकनको रूपमा रहेको छ ।

पियानोवादक रे मन्जारेकसँग मिलेर मोरिसनले भेनिस, क्यालिफोर्नियामा १९६५ मा डोर्सको स्थापना गरे । तबसम्म समूहले दुई वर्ष अस्पष्टतामा बितायाे जबसम्म संयुक्त राज्य अमेरिकामा "लाइट माई फायर", उनीहरूको स्वशीर्षक डेब्यु एल्बमबाट लिइएको थियो । मोरिसनले डोरहरूसँग कुल छ वटा स्टुडियो एल्बमहरू रेकर्ड गरे, ती सबै राम्रोसँग बिक्यो र प्रशंसा प्राप्त भयो । मोरिसन ब्यान्ड लाइभ बजाउँदा बोल्ने शब्द तथा कविताका परिच्छेदहरू सुधार गर्नका लागि परिचित थिए ।

मोरिसनले ब्यान्डको करियरभरि अल्कोहल निर्भरताको विकास गरे, जसले कहिलेकाहीँ स्टेजमा उनको प्रदर्शनलाई असर गर्यो । १९७१ मा मोरिसनको २७ वर्षको उमेरमा पेरिसमा अप्रत्याशित रूपमा मृत्यु भयो । उनकाे मृत्युका बारेमा विरोधाभाषी साक्षी रिपोर्टहरू आए । उनको अकाल मृत्युले उनलाई कुख्यात २७ क्लबको सदस्य बनायो । पोस्टमार्टम नभएको कारणले मोरिसनको मृत्युको कारण आजसम्म विवादित छ । यद्यपि मोरिसनको मृत्युपछि डोरहरूले थप दुई एल्बमहरू रेकर्ड गरे । उनको मृत्युले ब्यान्डको भाग्यलाई गम्भीर असर गर्यो र दुई वर्षपछि तिनीहरू अलग भए । सन् २०११ मा रोलिङ स्टोन पाठकहरूको छनाेटले जिम मोरिसनलाई पत्रिकाको "सबै समयका सर्वश्रेष्ठ प्रमुख गायकहरू" को पाँचौँ स्थानमा राख्यो । अर्को रोलिङ स्टोन सूचीमा "सबै समयका १०० महान् गायकहरू" शीर्षकमा उनी ४७ औँ स्थानमा थिए । उनी क्लासिक रक पत्रिकाको "रकमा ५० महान् गायकहरू" मा २२ नम्बरमा पनि परेका थिए । सन् १९९३ मा मोरिसनलाई रक एन्ड रोल हल अफ फेममा डोरको सदस्यको रूपमा समावेश गरिएको थियो । 
 


Read More
Social problems in Nepal
- Grishma Upreti - 23052, Grade ... 08 December, 2021

Social problems are a major problem in today's society. The tradition,culture,behavior that creates negative consequences in society are called social problems. In other words we can say that social problems are the problems that affect many people within the society. People have been following these problems for many years. It plays a vital role in disrupting or damaging the society.A single person is not only responsible for these problems. In the context of Nepal ,There are many social problems being followed all over the country.
Some of them are; Deuki pratha, Daijo pratha ,Jhuma pratha, Chaupadi,Untouchability,Girls trafficking,Corruption and so on . Nepal is facing a large number of social issues from the past. These problems directly or indirectly affect the sustainable development of the nation. So these problems should be eradicated from society . So here is the short introduction of some of the
social problems in nepal.
● Chaupadi pratha: The tradition where the girls are forced to live in a small hut far from their home during their menstruation cycle is Chaupadi pratha. It is still practiced in Far-Western side of our country.
● Untouchability: This is the practice where the high caste people discriminate against the low caste people . The high caste people dont allow the low caste people to enter their home, touch them and use public resources .
● Girls trafficking: Every year more than 20,000 girls from different parts of the country are
trafficked.They are made promises of quality life but are ended up in brothels ,working as
slaves and as labours in industries.
Social problems give birth to social evils. They ultimately may destroy the whole nation and society. Therefore,it is essential to identify the social problems and follow the measures for their solutions.These problems must be eradicated from society to make our country developed in a holistic way. There are many solutions to these social problems.First of all we must launch the awareness programme in different parts of the country  informing the bad impacts and consequences of wrong practise they have been following. Next the government must implement strict law and punish the people who practice it.
We should practice “NO” to all these problems and eradicate this issue from the root and make our country prosperous, and developed overall.


Read More