Logo

Student Corner

द गड अफ हाई स्कुल

Written by: Subham Regmi - 22014, Grade XII

Posted on: 10 December, 2021

द गड अफ हाई स्कुल एउटा एक्सन कथा हो जुन सन् २०११ मा सुरु भएको थियो । यो कथा एकदमै रमाइलो र हेराैँ हेराैँ लाग्ने खालको छ । यो कथा “मोरी जिन” नाम रहेको १७ वर्षीय केटाको बारेमा आधारित छ । याे कथामा सुरुमै के भनिन्छ भने मोरी जिन चाहिँ एक अनाथ हुन्छन्, जसलाई एक बुढा मान्छेले हुर्काएका हुन्छन् । ती बुढा मान्छेलाई मोरी जिनले हजुरबुबा भनेर बोलाउने गर्थ्यो । यो कथाको जति गहिराइमा जान सक्छौँ त्यति नै राम्रो छ यो कथा ।  

हजुरबुवाले सानैदेखि मोरी जिनलाई तेक्वान्दो सिकाउँथे । तेक्वान्दो कोरियाली मार्सल आर्ट्स् हो । मोरी जिनले तेक्वान्दो धेरै सिकेका थिए । धेरै मेहनतपछि उनलाई गड अफ हाई स्कुल नामक तेक्वान्दो प्रतियोगिताबाट निमन्त्रणा आउँछ । कोरियाका उच्च माध्यामिक विद्यालयका सबै विद्यार्थीहरूमाझ सबैभन्दा राम्रो लडाकु निर्धारण गर्न एउटा प्रतियोगिता आयोजना गरिएको हुन्छ । त्याे प्रतियोगितामा जसले जित्छ, त्यसले एक लाख डलर पैसा र उसलाई जे माग्न मन लाग्छ त्यही माग्न पाउने पुरस्कार तोकिएको हुन्छ । उनले आफ्नो जीवनमा धेरै शत्रुहरूसित सामना गर्नु परेको थियो । मोरी जिन एकदमै मेहनत गर्ने व्यक्ति थिए । यो कथामा धेरै आतङ्कहरू मचिएका पनि छन् । यो कथाले अलि अलि रिसको कुरा पनि गरेको छ । मैले यो कथा सबै नसकिए पनि यो कथा एकदमै रमाइलो रहेको छ । मोरी जिनले त्यो प्रतियोगिता जित्न धेरै परिश्रम गरेपछि उनले अन्त्यमा जित्छन् । उनले आफू अब्बल छु भनेर देखाउन उनलाई धेरै समय लाग्दछ । उनले यो प्रतियोगितामा धेरै जितेपछि उनको आफ्नै मिल्ने साथीहरू पनि शत्रु भन्न पुगेका थिए । उनले त्यस बेला राम्रो शिक्षा पाएका थिए कि कोही पनि आफ्नो हुँदैन भनेर । याे कथामा सबैभन्दा रमाइलो ठाउँ चाहिँ जब उनले जति हार्दा पनि हार नमानी अगाडि बढ्न नडराई अगाडि बढ्छन् । उनले आफ्ना हजुरबुबाको मेहनत र आफ्नो परिश्रम खेर जान दिँदैनन् । याे कथा कोरियाली भाषामा भए तापनि बुझ्न सकिन्छ ।

यसका धेरै शृङ्खलाहरू आइसकेका छन् । म एकचोटि सबैलाई यो कथा हेर्न आग्रह गर्दछु किनकि यो कथा एकदमै रमाइलो र प्रेरणा दिने खालको छ । मैले धेरै एनिमेहरू हेरेको छु र मलाई यो एनिमे एकदमै रमाइलो लाग्यो ।