Logo

Student Corner

Articles

पेले
- Aameen Shakya - 30059, Grade ... 22 June, 2023

फुटबलका राजा पेलेको जन्म अक्टोबर २३,१९४० मा ब्राजिलको मिनास गेराइस राज्य अन्तर्गत पर्ने ट्रेस कोराकोमा भएको थियो। उनी ट्रेस कोराकोमा जन्मिए पनि साओ पाउलोको बौरुमा हुर्केका थिए। पेले गरिब परिवारमा हुर्केका थिए ।उनका बुबा डोन्डिन्हो पूर्व फुटबल खेलाडी थिए । उनकी आमा सेलेस्टे एरान्टेस नोकरीको रूपमा काम गर्थिन्। पेलेका दुई दाजुभाइ मारियाना लुसिया नासिमेन्टो र जोका थिए।

                   पेले सानैदेखि फुटबल खेल्न थाले किनभने उनलाई फुटबल  खेल अत्यन्त मन पर्थ्यो । उनी र उनका साथीले सामान्य बल किन्न नसक्ने भएकाले उनी र उनका साथीहरूले मोजा र कपडाबाट बल बनाउँथे र बस्ती वरिपरि खेल्थे। प्रारम्भिक विद्यालयका दिनहरूमा उनले आफ्नो मनपर्ने खेलाडी बिलेको नाम राम्रोसँग उच्चारण गर्न सकेनन्। एक दिन उनका बुबाले विश्वकप फाइनल खेल हेर्दै हुनुहुन्थ्यो तर फाइनलमा ब्राजिलले हार्यो । उनका बुबाको सपना ब्राजिलले विश्वकप जितेको हेर्ने थियो। दु:खी बुबाले पेलेलाई तिमीले ब्राजिलका लागि विश्वकप जितेर देखाउनुपर्छ भने ।
एक दिन सान्तोसका लागि ब्राजिलका स्काउटले पेलेलाई खेलिरहेको देखे त्यसैले उनले पेलेका आमाबाबुसँग सान्तोसको लागि पेलेलाई खेल्न दिनुहोस् भनी प्रस्ताव राखे । सुरुमा पेले राजी भएनन् किनभने उनले आफ्नो परिवार छोड्नु पर्ने थियो तर उनका बुबाले उनलाई जान भन्नुभयो र उनका बुबाले उनलाई सिप सिकाउनुभयो। आँपसँग खेलेर अन्ततः पेले सन् १९५६ मा सान्तोस एफसीमा सामेल हुन राजी भए।जब पेले सान्तोस पुगे उनका प्रशिक्षकले उनलाई ब्राजिलका परम्परागत र प्रसिद्ध सिप जेन्गा वा जिंगा प्रयोग नगर्न भनेका थिए।पेले पहिलो पटक मैदानमा खेल्दा उनले त्यसो गर्न सकेनन्। उसको आफ्नो सिपबिना कुनै पनि कुरा  राम्रो हुँदैन  भन्ने ठाने ।त्यसपछि उनले  आफ्नो सिप प्रयोग गर्न थाले ।त्यसपछि उनले गोल गरे । त्यसपछि पेलेका प्रशिक्षकले उनलाई आफ्नो सिप जारी राख्न भने । पेलेको सुन्दर चालको प्रदर्शन देखेर सबै अचम्मित परे ।स्यान्टोसमा एक वर्षपछि अर्को विश्वकप नजिकिँदै थियो । पेले आफ्नो परिवारबाट विश्वकप खेलाडी छनोटको कुरा सुन्दै थिए ।उनी पनि खेलाडी छ्नोटको सूचीमा थिए। उनी खेलका लागि छानिए । पेले आफ्नो पहिलो खेल खेल्न बाहिरिएका थिए तर प्रशिक्षकले उनलाई कुनै गिगा भनेनन्। उनको शक्ति कम थियो । उनलाई खेल खेल्नु अघि के गर्ने थाहा थिएन ।उनले बान्ता पनि गरे । त्यसपछि उनलाई एक खेलाडीले धकेलिदिए । उनी घाइते पनि भए । त्यसपछि उनले  खेल्न सकेनन् । उन्सलाई बेन्च गरियो।
ब्राजिल सेमिफाइनलमा पुग्यो तर धेरै खेलाडीहरु घाइते भएकाले खेल्नैपर्ने पेले खेल्न डराएका थिए। पेलेले फेरि बान्ता गरे। मैदानमा यति सानो खेलाडीले विशाल सोभियत विरुद्ध खेलेको देखेर मानिसहरु छक्क परे । .उनीहरूले युरोपेली शैलीमा खेले र केही गर्न सकेनन् । पेलेले आफ्नो सिप प्रयोग गरे  अनि त्यो खेल जिते । त्यो वर्ष  पेलेले ह्याट्रिक गर्दै ब्राजिललाई पहिलो विश्वकप जिताउन सफल भए । पेले ३ वटा विश्वकप जितेर फुटबलको राजा हुनुका साथै विश्वकपमा गोल गर्ने पहिलो किशोर खेलाडी बने । विश्वकपको फाइनलमा ह्याट्रिक गर्दा उनी १६ वर्षका थिए। त्यसैले उनलाई फुटबलको राजा भनेर चिनिन्छ।


Read More
A Day in the Life of a Writer
- Arshan Shrestha - 28012, Grad ... 21 June, 2023

The alarm goes off at 6:00 AM. I hit the snooze button twice before finally dragging myself out of bed. I make a pot of coffee and sit down at my computer to start writing.I'm a writer, and my day is usually spent working on my latest project. This could be anything from a novel to a short story to a blog post. I usually have a few different projects in the works at any given time, so I like to start my day by checking in on all of them. Once I've had a chance to catch up on my work, I usually take a break for breakfast. I like to eat something healthy and energising, like oatmeal or eggs. After breakfast, I'm ready to get back to work. I usually spend the rest of the morning working on my current project. This could involve writing, editing, or research. I like to take breaks throughout the day to stretch, walk around, or just get up and move around. In the afternoon, I usually have some meetings or interviews. I also like to use this time to answer emails and social media messages. I try to keep my afternoons relatively light so that I can focus on my writing in the evening. In the evening, I usually have dinner and then spend some time working on my writing. I like to write late at night because it's when I'm most creative. I usually work until I'm tired, and then I go to bed and start the whole process over again the next day. Being a writer is a lot of work, but it's also very rewarding. I love being able to create something that others can enjoy. I also love the challenge of coming up with new ideas and stories. If you're thinking about becoming a writer, I would say go for it! It's a lot of work, but it's also a lot of fun.


Read More
Light on Health and Adolescence
- Pasang Doma Sherpa - 30019, G ... 21 June, 2023

On 15th of Jestha, our school organised a public orientation related to health. Our school invited Dr. Smriti Mathema, who is a paediatrician. She discussed "How to Take Care of Our Health as We Grow" in Middle School. She was sweet and kind. She interacted with us in a very friendly manner and even asked us many questions.
She talked about how to take care of our health before reaching adolescence. First of all, she spoke about what we usually do to take care of our health. For example, brushing our teeth, combing out our hair, taking showers, and so on. Then she started talking about adolescence. She discussed adolescence and what happens during that period. The things she said are briefly summarised below.
Teenage refers to the age range from 10 to 19, which is a crucial period in life for physical, mental, and emotional development. During this time, girls go through menstruation, while boys experience wet dreams. The first occurrence of menstruation in girls is known as menarche. Girls who are unaware of menstruation are usually scared. Menstruation typically occurs once a month and lasts for 3–6 days. It may cause lower abdominal pain, mood swings, depression, acne, and more.
People in the adolescent period undergo various changes. Teenagers often have a strong odour, which can be controlled by wearing deodorant and practising daily hygiene habits. They may also experience hair growth in areas such as the chest, chin, armpits, and more.
Overall, her visit made everyone more conscious of their health, and it was both informative and fun.


Read More
मेरो तीर्थयात्रा
- Selena Bhattarai - 30041, Gra ... 20 June, 2023

तीर्थ  जानका लागि गरिने यात्रालाई तीर्थयात्रा भनिन्छ। तीर्थयात्रा धार्मिक धार्मिक उद्देश्यले गरिन्छ। म केही दिन अगाडि तीर्थयात्रामा गएकी थिएँ । त्यो मेरो वनारससम्मको यात्रा थियो। वनारस भारतमा पर्छ। यो ठाउँ धार्मिक रूपमा प्रसिद्ध छ । म राति ८ बजे गाेरखपुरबाट रेल चढेँ । करिब १२ घण्टापछि बिहानको १० बजेतिर म बनारस पुगेँ । वनारस  पुग्नेबित्तिकै काशीमा गएर नुहाएँ ।  काशी नदीमा नुहाउँदा मलाई डर पनि लागेको थियो । मैले बनारसमा धेरै मठ मन्दिर हरुको दर्शन गरेँ । काशी विश्वनाथ, काल भैरव, सङ्‌कट मोचन, विन्दवासिनी  अष्टभुजालगायत विभिन्न मन्दिरको दर्शन गर्न पाउँदा मलाई अत्यन्त रमाइलो लाग्यो । तीर्थयात्राकै क्रममा मेरो जन्मदिन परेको थियो । जन्मदिनका दिन म इलाहाबाद गएँ ।  इलाहाबादको ठुलो पोखरीमा नुहाएँ। भगवान्‌को दर्शन गरेँ ।सबैले मलाई जन्मदिनको शुभकामना  दिनुभयो । मैले त्यहाँ केक पनि काटेँ, उपहार पनि पाएँ । यसरी मलाई वनारस‌को तीर्थयात्रा धेरै नै रमाइलो लाग्यो ।


Read More
राष्ट्रिय सम्पत्ति
- Hardik Sharma Phuyal - 29047, ... 19 June, 2023

हरियो वन हाम्रो धन,नेपालीले भन्छन्। 
सङ्गीतले प्रीति रच्ने सङ्गीतकारले गुन्छन् ।
हिमालदेखि तराइमा, शङ्करको बास छ।
यही विशाल भण्डारसँग सबैकाे आश छ ।

 

जननी जन्मभूमि स्वर्गभन्दा ठुलो।  
यही भूमिले दिन्छ सबलाई ओखतीमूलाे । 
बुद्धको सिर्जना, हिमाल मेरो हाँस्छ।
शान्तिको सन्देशले सबकाे मन राख्छ ।

 

सबैभन्दा महान्, यो देश हाम्रो हाँस्छ।
हाम्राे राम्राे कर्मले हाम्राे देश बाँच्छ ।
बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिको भेष । 
भेदभाव नभएको, ऐतिहासिक देश ।

 

स्वतन्त्रता, जनताको अधिकार लोकतन्त्र,
शान्ति, सुरक्षा, समृद्धिको लागि अर्थतन्त्र, 
शिक्षा, स्वास्थ्य, रोजगारको कमी पनि सत्र ।
राष्ट्रिय एकता जगाउने वस्त्र। 


    
हिमाल र तराई हो सुन्दर शान्ति छाया।
जय जय नेपाल हो, प्रीती रच्ने माया। 


Read More
मेरो रहर
- Salvia Kapali - 30026, Grade ... 16 June, 2023

मेरो नाम साल्भिया कपाली हो। म अहिले कक्षा ६ मा पढ्छु । मेरो देशको नाम नेपाल हो। नेपाल अत्यन्तै सुन्दर देश हो। नेपाललाई सधैँ यस्तै सुन्दर र सफा राख्नुपर्छ । वातावरण प्रदूषणले गर्दा नेपाल पहिला जस्तो सुन्दर छैन । मानिसकै कारणले गर्दा वातावरण फोहोर भएको हो । मनिसले घर, टोल, मन्दिर जताततै फोहोर फालेका छन् । रुखहरू काटेका छन्। पानीमा फोहोर र ढल मिसाएर पानी फोहोर बनाएका छन् ।  यी सबै कुरा देख्दा मलाई दुःख लाग्छ । पानी हाम्रो जीवनमा महत्त्वपूर्ण छ । पानीबिना कोही पनि बाँच्न सक्दैन भन्ने कुरा मानिसले बुझ्न सकेका छैनन् त्यसैले त पानीलाई फोहोर बनाएका छन् । नेपाली जनतामा चेतना आएको, सबै नेपाली मिलेर देश नेपाललाई सफा, सुन्दर र स्वच्छ बनाएको हेर्ने मेरो रहर छ ।


Read More