Logo

Student Corner

Articles

आइस हक्की
- Aarjan Khadka - 29003, Grade ... 22 March, 2022

आइस हक्की मुख्यतया अमेरिका, क्यानडा र रुसका लाखौं मानिसहरूले मन पराउने खेल हो । आइस हक्की यी तीन देशहरूमा भए पनि धेरैजसो देशहरूमा आइस हक्की लिगहरू हुन्छन् र मानिसहरूले खेलहरू हेर्न रमाइलो मान्छन् । मानिसहरू आइस हक्कीको मज्जा लिरहेका हुन्छन् तर धेरैलाई यसको उत्पत्तिको बारेमा थाहा हुँदैन् । 

आइस हक्की एक व्यक्ति द्वारा सिर्जना गरिएको थिएन । यो मानिसहरूको समूहद्वारा सिर्जना गरिएको थियाे । जब ब्रिटिशहरूले आफ्नो स्टिक र बलका खेलहरू क्यानाडामा ल्याए र त्यहाँ रहेको बरफमा खेले अनि यसको सिर्जना भएको थियो ।आइस हक्की चाँडै नै अमेरिकामा ल्याइयोअनि अनौपचारिक नियमहरू प्रयोग गरिन्थ्यो र यसलाई "आइस पोलो" वा "शिनी" नामले चिनिन्थ्यो । आइस हक्की सामान्यतया २०० फिट (६१ मिटर) लामो र ८५ फिट (२६ मिटर) चौडा बरफमा खेलिन्छ । बरफमा चारैतिर कम पर्खालहरूमा घेरिएको हुन्छ, र पर्खालहरूको माथि पारदर्सी सिसा जडान गरिएको हुन्छ । दुईतर्फ जालीका गोलहरू पनि अवस्थित हुन्छ । प्रत्येक हक्की टोलीमा बिस खेलाडीहरू हुन्छन्,  तीनजना अगाडि, दुई डिफेन्सम्यान र एक नेटमाइन्डर जसलाई सामान्यतया गोलकिपर भनिन्छ, पनि हुन्छन् । त्यहाँ एक कालो रबरको चीज पनि हुन्छ जसलाई पक भनिन्छ जसको तौल ५.५ वा ६ औंस हुन्छ । जसलाई खेलाडीहरूले गोलकिपरलाई दिने र जालीमा पुर्‍याउने प्रयास गर्छन् । हक्की स्टिकहरू सामान्यतया काठबाट बनाइन्छ तर आजको नयाँ प्रविधिले ग्रेफाइट र अन्य हल्का तर बलियो सामग्रीबाट बनाइएको हुन्छ ।

हक्की एक धेरै छिटो खेल्नुपर्ने खेल हो । त्यसैले खेलाडीले सुरक्षित रही खेल्न स्केट, शिन प्याड, हक्की प्यान्ट, काँध प्याड, एल्बो प्याड, पन्जा र हेलमेट लगाउँछन् ।


 


Read More
मेराे देश
- Bibechana Dangol - 30009, Gra ... 22 March, 2022

मेराे देश नेपाल भारत र चीनजस्ता ठुला राष्ट्रकाे बिचमा  रहेकाे छ ।  । मेराे देश अन्य देशकाे तुलनामा क्षेत्रफलका आधारमा सानाे भए तापनि प्राकृतिक ,कला र संस्कृतिले निकै विशाल छ । नेपाल हिमाल,पहाड र तराई गरेर तिन भाैगाेलिक क्षेत्रमा विभाजन भएकाे  छ ।  यहाँ हिमाल १७ प्रतिशत,पहाड ६८ प्रतिशत र तराइ १५ प्रतिशत रहेकाे छ ।याे देश प्राकृतिक साैन्दर्यमा धनी छ । समुद्रसँग नजाेडिएकाे भूपरिवेष्ठित राष्ट्र नेपालमा संसारकाे सबैभन्दा अग्लाे हिमाल अवस्थित छ । ६ हजार नदीनाला भएकाे हाम्राे देशमा यसकाे सही सदुपयाेग गर्न सकेमा देशकाे अझ विकास हुने थियाे । गण्डकी,काेशी,कर्णाली जस्ता ठुला नदीहरूले सजिएकाे देशलाई  रारा,फेवा,बेगनास जस्ता तालहरूले आकर्षित तुल्याएका छन् । 

फरक फरक धर्म मान्ने मानिसका फरक फरक चाडबाडले सबैलाई मनाेरञ्जन दिएका छन् । विभिन्न जातजातिका भाषा र भेषले यहाँकाे पहिचान दिएकाे छ । मलाई मेराे देश नेपाल हाे भन्न गर्व महसुस हुन्छ ।


 


Read More
नारी दिवस
- Eva Adhikari - 29012, Grade V ... 21 March, 2022

आज म लगाएत विश्वभरका धेरै बालिकाहरूले विद्यालय गएर पढ्न पाएका छाैँ । विश्वका अनेका देशहरूमा सरकारी पदहरूमा महिला कर्मचारीहरूले पुरुषहरू सरह काम गरेर देशकाे सेवा गरिरहेका छन् । हाम्राे देश नेपालमा त वर्तमान राष्ट्रपति समेत महिला नै छन् । यस्तै अन्य क्षेत्रहरू खेलकुद व्यापार,कला,सङ्गीत,राजनैतिक,चिकित्साक्षेत्र इत्यादि क्षेत्रहरूमा महिलाहरूले आफूलाई अब्बल साबित गरिरहेका छन् । तर याे अवसर, अवस्था महिलाहरूले सजिलै पाएका चाहिँ हाेइनन् । 

वर्षाैँ पहिले महिलाहरूलाई मानिसजस्ताे व्यवहार पनि गरिँदैनथ्याे । यसकाे ज्वलन्त उदाहरण हाम्राे देशमा पहिला रहेकाे सतीप्रथालाई लिन सकिन्छ । उपभाेग्य वस्तु जस्तै महिलालाई व्यवहार गरिन्थ्याे । उनिहरूलाई आफूखुसी बाँच्न ,रमाउन, हिँड्ने वा बाेल्ने कुनै पनि अधिकार थिएन । घरबाट बाहिर निस्कने हक पनि नभएका त्यसबेलाका महिलाहरूले राजनीतिक अधिकार त आकाशकाे फल जस्तै थियाे । 

महिलाहरूलाई याे अवस्थामा ल्याउन धेरै सङ्घर्ष गरिएकाे थियाे । इतिहास खाेतल्दै जाँदा जर्मनकी क्लारा जेटकिनप्रति हामी कृतज्ञ हुनै पर्छ । उनले नै सन् १८९२ मा महिलाहरूलाई गाेलबन्द गर्दै महिला सचेतनाकाे थालनी गरेकी हुन् । फलस्वरूप सन् १९०७ मार्च ८ मा जर्मनीकाे श्रमिक महिला संघकाे स्थापना भयाे । जेटकिनकाे सचेतना विश्वभर फैलियाे र धेरै महिलाहरूकाे सङ्घर्षकाे फलस्वरूप सन् १९११ मा अष्ट्रिया, जर्मनी, डेनमार्क, स्विजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवस मनाइएकाे थियाे ।संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएपछि २०२२ मार्च ८ मा ११२अाैँ अन्तराष्ट्रिय नारी दिवस मनाइरहेका छाैँ । याे वर्षकाे नारा सामाजिक न्याय र लैङ्गिक समानताःदिगाे विकासकाे सुनिश्चितता रहेकाे छ । 

हाल पनि कैयाैँ देशमा महिलाहरूले भाेट हाल्न नपाइने विद्यालय गएर पढ्न नपाउने घरबाहिर जाँदा आफ्नाे बुबा श्रीमान वा छाेरासँग मात्र जानुपर्ने ,गाडी चलाउन नपाउने आदि नियम छन् । यस्ताे असमानता चिर्न अझ पनि महिला र पुरूषकाे संयुक्त सङ्घर्षकाे निरन्तरताकाे आवश्यकता छ । हाम्राे देश नेपालमा पनि कानुनी रूपमा महिलामाथि हुने भेदभावकाे अन्त्य भए तापनि व्यावहारिक रूपमा अन्त्य हुन सकेकाे छैन । यसकाे ज्वलन्त उदाहरणका रूपमा बाेक्सी आराेपित महिला, छाउपढी प्रथा , बच्ची भ्रुणहत्या आदिलाई लिन सकिन्छ । यसकाे समाधानका लागि सचेतना कार्यक्रमकाे आवश्यकता छ । 

अन्तमा महिलालाई पनि समान अधिकार र अवसर अनि सम्मान दिलाई सभ्य अनि भव्य समाजकाे निर्माण नै नारी दिवसकाे लक्ष्य हुनुपर्छ । 


 


Read More
विद्याको महत्त्व
- Hardik Sharma Phuyal - 29047, ... 18 March, 2022

विद्याको ठुलाे महत्त्व छ । विद्या भएकाे मानिसले गर्न हुने काम र गर्न नहुने काम छुट्याउन पनि सक्छ । विद्या आर्जन गर्न घर,परिवार,साथीसङ्गी अनि हामी वरिपरिकाे वातावरणले सहयाेग गरेकाे हुन्छ ।  विद्यालयले हामीलाई धेरै कुरा सिकाउँछ । विद्यालाई  सुन,हिरा,मोती र पैसाले किन्न सकिँदैन । विद्याले नै हामीले  पृथ्वी र सारा ब्रमाण्ड  जित्न सक्छौं । औपचारिक विद्या स्कुल कलेज जस्ता ठाउँहरूमा सिकाइन्छ । मान्छेले सही विद्या लियाे भने सारा जीवन हाँसीखुसी बाँच्न सक्छ। हामीले विद्या सिकाउने शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान र आदर गर्नुपर्छ । विद्याले मान्छेको बुद्धि पनि बढाउँछ। मान्छेले  शिक्षा हासिल गर्नलाई पढ्नुपर्छ । 

औपचारिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ । शिक्षक,डाक्टर,इन्जिनियर,पाइलट देखि राजनेता,व्यापारी,कर्मचारी सबै उत्पादन विद्याले नै गर्छ । 

  विद्यावान् मानिसले आफ्नाे शरीरकाे पनि ख्याल गर्छ । खान हुने वा नहुने कुरा पनि सही विद्या पाएका मानिसले छुट्याएर शरीरलाईआवश्यक हुने खानेकुरा मात्र सेवन गर्छन् । विद्या पाएका कतिपया मानिसले यसकाे सही सदुपयाेग नगरेका कारणले दुःख पनि पाएका छन् । विद्यालाई हाम्राे व्यक्तिगत धनका रूपमा पनि व्याख्या गरिएकाे पाइन्छ ।यसलाई कसैले चाेरेर लैजान पनि सक्दैन ।  विद्या जति बाँडिन्छ त्यति बढ्दै जान्छ । यसर्थ विद्याकाे महत्त्व धेरै नै भएकाे पाइन्छ । 


 


Read More