Logo

Student Corner

Articles

पुस्तक समीक्षा- मोटे र माेटे
- Rachit Bhattarai - 31021, Gra ... 16 November, 2022

पुस्तक समीक्षा- मोटे र माेटे
छाेटे र माेटे मलाई मन परेकाे कथा हो । यो कथा मैले धेरै पहिला पढेको हुँ । याे कथालाई ध्रुव घिमिरेले लेख्नुभएको हाे । यो कथामा दुईवटा मुसा हुन्छन् । एउटा मुसाको नाम छोटे हो भने अर्को मुसाको नाम माेटे हाे । छाेटे र माेटे दुवैजना साथी-साथी थिए । छोटे सहरमा बस्थ्यो भने मोटे गाउँमा बस्थ्याे । एक दिन मोटेले छाेटेलाई चिठी लेख्यो । उसले चिठीमा “तिमी सहर आऊ” भनेको थियो । माेटेले त्यो चिठी पढेर सहर घुम्न गयो । मोटे सहरमा पुग्यो र उनीहरू दुवैजना घुम्न हिँडे । सहरमा घुम्दा घुम्दै उनीहरूलाई झन्डै एउटा गाडीले हान्न लागेको थियो । सहर घुमेपछि दुवै जना छाेटेको कोठामा गए । छाेटेको कोठा छेउमा धेरै फोहोर थियो । छाेटेलाई त्यस्तो अँध्याराे र फाेहाेर ठाउँमा बस्न मन लागेन । उसलाई सहर राम्राे लागेन । उसलाई सहरकाे भिडभाड पनि मन परेन । मोटेले गाउँ नै राम्रो रहेछ भन्दै सहर छाेडेर गाउँमै बस्न गयो ।


Read More
ऊर्जा
- Bishakha Upadhyay - 30010, Gr ... 15 November, 2022

काम गर्ने क्षमतालाई ऊर्जा भनिन्छ। काम सम्पन्न हुँदा यसकाे प्रयोग गरिएकाे हुन्छ। खेल्ने र काम गर्ने जस्ता शारीरिक काम गरेपछि हामीलाई भोक लाग्छ। किनभने काम गर्दा हाम्रो ऊर्जा बढी प्रयोग भएकाे हुन्छ। ऊर्जाको विभिन्न रूपहरू छन्। ती हुन् तातो ऊर्जा, प्रकाश ऊर्जा, गतिज ऊर्जा, सम्भाव्य ऊर्जा, ध्वनि ऊर्जा, चुम्बकीय ऊर्जा, रासायनिक ऊर्जा, विद्युत ऊर्जा, र मांसपेशी ऊर्जा। गर्मी ऊर्जाको एक रूप हो जसले हामीलाई न्यानोपनको अनुभूति दिन्छ। दृष्टिको संवेदना प्रकाश ऊर्जाको कारण हो। गतिका कारण शरीरमा हुने ऊर्जालाई गतिज ऊर्जा भनिन्छ। शरीरको अवस्था र स्थितिबाट प्राप्त काम गर्ने क्षमतालाई त्यसको सम्भाव्य ऊर्जा भनिन्छ। शरीरको कम्पनले निहित ऊर्जा भनेको ध्वनि ऊर्जा हो। जब बिजुली बल्ब चम्कन्छ, यो बिजुली ऊर्जा को कारण हो। यस प्रकारको ऊर्जा डायनामो र जेनेरेटरबाट पनि उत्पादन गरिन्छ। चुम्बकतर्फ फलामका साना टुक्राहरूको गति चुम्बकको चुम्बकीय ऊर्जाको कारणबाट हुन्छ। ब्याट्री, इन्धन र खानाले भण्डारण गर्ने ऊर्जालाई रासायनिक ऊर्जा भनिन्छ। हाम्रो मांसपेशीमा भण्डारण गरिएको खानाको रासायनिक उर्जालाई मांसपेशीय ऊर्जा भनिन्छ।
नोट: ऊर्जाको एक रूप अर्को रूपमा परिवर्तन गर्न सकिन्छ।


Read More
मेराे विद्यालय
- Ashra Shrestha - 30055, Grade ... 11 November, 2022

मेराे विद्यालयकाे नाम डियरवाक सिफल स्कुल हाे । यस विद्यालयमा विविध वियषहरू पढाइन्छ । याे विद्यालय २०७३ सालमा स्थापना भएकाे हाे । हाम्राे प्रधानाध्यापककाे नाम विजय श्रेष्ठ हाे । यहाँ कक्षा १ देखि १२ सम्म स्कुलअन्तर्गत पढाइ हुन्छ भने स्नातक तहमा अन्य विभिन्न विषय छानेर पढ्ने सुविधा छ । विशेष गरेर आइ.टी. मा डियरवाकलाई उपल्लाे ओहाेदामा राखेकाे पाइन्छ । यहाँ २ वटा भिन्ना-भिन्नै भवनहरू छन् । एउटा भवनमा १-४ कक्षासम्म पढाइ हुन्छ भने अर्काे भवनमा ५-१२ सम्म पढाइ हुन्छ । यहाँका कक्षा काेठाका नाम विभिन्न पर्वतबाट बाेलाउने गरेकाे मलाई असाध्यै मन पर्‍‍याे । यहाँकाे चमेनागृह सफा र राम्राे छ । यहाँकाे खाजा र खाना स्वस्थकर र विषादिरहित हुन्छ । विद्यार्थीकाे चाैतर्फी विकासका लागि विभिन्न समूहमा छुट्याएर काममा सहभागिता गराइन्छ । हुनत म यस स्कुलमा नयाँ हाे तर साथीहरूकाे र शिक्षकहरूकाे साथ र सहयाेगले गर्दा मलाई घुलमिल हुन सजिलाे भएकाे छ ।


Read More
लक्ष्मीप्रसाद देवकोटा
- Aayaan Rai - 31006, Grade IV ... 10 November, 2022

लक्ष्मीप्रसाद देवकोटा नेपालका महाकवि हुन् । उहाँको जन्म विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारका दिन भएकाे हाे । त्यसैले उनको नाम लक्ष्मीप्रसाद राखिएको हो । उहाँकी आमाको नाम अमरराज्यलक्ष्मीदेवी र बाबाको नाम तिलमाधव देवकोटा हो । उहाँ  नाटककार, उपन्यासकार कवि आदि हुनुहुन्छ । उहाँलाई विशाल हृदय भएको कवि भनेर चिनिन्छ । उहाँको सबैभन्दा राम्रो किताब मुनामदन र शाकुन्तल हो । उहाँका जीवनमा केही नराम्रा घटनाहरू घटेकाले उहाँमा चुरोटको लत बसेको थियो। उहाँ  एक समय जेल पनि पर्नुभएकाे थियाे । जेलमा उहाँले चुराेटकाे कालाेले भित्ताभरि कविता नै कविता लेख्नुभएको थियो । उहाँ शिक्षामन्त्री पनि बन्नुभएकाे थियाे । उहाँलाई क्यान्सर भएर उहाँको मृत्यु भयो । मृत्यु अगाडि उहाँले “मुनामदन बाहेक मेरा अरु सबै किताब जलाइदिए पनि हुन्छ” भन्नुभएको थियो । वि.सं २०१६ साल भाद्र २९ गते पशुपतिनाथ मन्दिरकाे बागमती नदीको किनारमा रहेको आर्यघाटमा उहाँकाे निधन भएको थियो।  उहाँको मृत्यु भएपनि हामी अहिलेसम्म उहाँका किताब र कविताहरू पढ्छाैँ । हामी सबैले उहाँकाे कार्यबाट प्रेरणा पाएका छाैँ ।


Read More