World Environment Day is celebrated on June 5th every year. World Environment Day is celebrated on a global scale. Our environment is getting dirtier day by day. The environment gives us oxygen, water, food, etc. The environment is the area around where we live. We should keep our surroundings clean. We should plant more trees for a healthy environment.
मलाई मन पर्ने जनावर हात्ती हो । हात्ती ठुलो हुन्छ । हात्तीका दुईवटा ठुला ठुला कान हुन्छन् । हात्तीका चारवटा ठुला खुट्टा हुन्छन् । हात्तीको एउटा लामो नाक र पुच्छर हुन्छ । हात्तीले आफ्नो सुँडले शरीरमा पानी हाल्न सक्छ । हात्ती खरानी रङको हुन्छ । हात्ती जङ्गलमा बस्छ । हात्ती शाकाहारी जनावर हाे । यसले घाँसपात, पराल आदि खान्छ । हात्तीका बच्चालाई छावा भनिन्छ । हात्तीका दुइवटा दाह्रा हुन्छन् । हामी हात्ती माथि बसेर जङ्गल घुम्न सक्छौँ ।
मेराे नाम अभ्निसा महर्जन हाे । म ८ वर्षकी भएँ । मलाई निलाे रङ मनपर्छ । म सिफल स्कुलमा पढ्छु । म कक्षा तीनमा पढ्छु । मलाई कथा पढ्न, नाच्न र नाटक गर्न मन पर्छ । फुर्सदकाे बेला म आमालाई घरकाे काम गर्न मदत गर्छु । मलाई साथीसँग खेल्न, नयाँ नयाँ ठाउँ घुम्न मन पर्छ । मलाई गृहकार्य गर्न दिदी र आमाले मदत गर्नुहुन्छ । मलाई अरूकाे मदत गर्न रमाइलाे लाग्छ ।
मलाई बाख्रा मन पर्छ । बाख्रा घरपालुवा जनावर हाे । बाख्राका चारओटा खुट्टा हुन्छन् । बाख्राका दुइटा आँखा हुन्छन् । बाख्राका दुइटा कान हुन्छन् । बाख्राकाे एउटा टाउकाे र पुच्छर हुन्छ । बाख्राले घाँस र पराल खान्छ । बाख्राका बच्चालाई पाठापाठी भनिन्छ । बाख्राकाे शरीरमा राैँ हुन्छन् । बाख्रा बस्ने ठाउँलाई खाेर भनिन्छ । बाख्राहरू विभिन्न रङका र विभिन्न जातका हुन्छन् ।
मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुर घरपालुवा जनावर हाे । कुकुर हाम्राे मिल्ने र इमान्दार जनावर हाे । कुकुरहरूकाे मन पर्ने खाना मासु, भात र दुध हाे । कुकुरहरूकाे चारओटा खुट्टा र एउटा पुच्छर हुन्छ । कुकुरलाई तिहारमा पूजा गरिन्छ । कुकुरले चाेरहरूबाट हाम्राे घरलाई सुरक्षा दिन्छ । मेराे घरमा पनि एउटा कुकुर छ त्यसकाे रङ सेताे छ । म उसलाई धेरै माया गर्छु । ऊ पनि मसँग खेल्न मन पराउँछ ।