Logo

Student Corner

Articles

मेराे बगैँचा र फूल
- Ojaswi Pathak - 24066, Grade ... 02 December, 2022

आज धेरै दिनपछि म आफ्नो बगैँचामा गएकी थिएँ । मैले मेरी दिदीले फूल रोप्दै गरेको देखेँ ।  उहाँलाई सोधेँ, “फूल रोप्दा किन रमाइलो लाग्छ” ? उहाँले मलाई भन्नुभयो,  “फूल रोप्दा धेरै रमाइलो हुन्छ र जताततै राम्रो र सफा पनि देखिन्छ” । मेरी दिदीले मात्र नभई मेरी  हजुर्मुवालाईसमेत फूलहरू सारै मनपर्ने रहेछ ।
मेरो घरमा रहेका सबै फूलहरू मेरी दिदी र हजुर्मुवाले रोप्नु भएको छ भने बाँकी सबै फूलहरू मेरो काकाले रोप्नु भएको छ । मेरो घरमा सबै जनाले फूल मन पराउनुहुन्छ । मेरो घरमा धेरै प्रकारका फूलहरू छन् जस्तै : गुलाब, लिली, हंग्सराज, रोज पंज रातो, गुलाफी आदि । मेरो घरमा फूलसँगै  धेरै प्रकारका फलहरू पनि छन् जस्तै : अमला, आँप , नासपाती , अम्बा आदि । घरमा बसेका सबै परिवारहरू मिलेर काम गर्याैँ भने जुन काम पनि रमाइलो लाग्छ भनेर मेरो हजुर्मुवाले मलाई भन्नुभयो । मैले पनि हजुर्मुवाको कुरा सुनेँ र मेरी दिदीले गरिरहेकाे देखेपछि म पनि रमाउँदै उहाँलाई मद्दत गर्न गएँ । फूल रोपेर आफ्नो बगैँचा  सबै जना मिलेर सफा गर्याैँ । मेरो घरमा आजकाल सबै जनाले फूलहरू धेरै नै मनपर्ने भएकाले सबै जना आजकल मिलेर फूल रोप्ने पनि गर्नुहुन्छ । जब हामी सबै जनासँग समय हुन्छ । हामी सबै जना गएर सफा गर्न थाल्छाैँ । फूलकाे बगैँचामा भएका झारहरू पनि हामीले सफा गर्याैँ । पहिले त म काम गर्न एकदमै अल्छी थिएँ तर जब आफूले रोपेका फूलहरू ठुला भएर फूलेको देखेँ त्यसपछि मलाई अलि धेरै त्यस्तो कुरामा जाँगर चल्न थाल्याे । मेरो जाँगर चलेकाे देखेर हजुरआमा सारै खुसी हुनुभयो र मलाई अझ धेरै काम गर्ने हाैसला मिल्याे ।   
मेरी हजुरआमाले मलाई फूल जस्तो सुन्दर कुरा केही पनि लाग्दैन भन्नुभयाे । फूलबाट त हामीले धेरै प्रकारका कुराहरू बनाउन सक्ने रहेछाैँ । फूलबाट धेरै प्रकारका साैन्दर्य सामग्रीहरू उत्पादन पनि हुने रहेछन् । जस्तैः लिपिस्टिक, राेजवाटर आदि । कपालमा लगाउने सामाग्रीहरू पनि फूलबाट बन्ने रहेछ । कतै कुनै पार्टी विवाह भाेजभतेर आदि ठाउँमा जाँदा हामीलाई सजिएर जान मन लाग्छ । यस्ता सजिएर जाने विविध सामग्री पनि फूलबाट नै बन्दाे रहेछ । दसैँ तिहारजस्ता विभिन्न चाडबाडमा पनि फूलको धेरै माग हुने गर्छ । मन्दिर जाँदा भगवान्लाई चढाउन पनि फूल नै चाहिन्छ । माैरीले पनि फूलकाे रसबाट मह बनाउँछ र फूलमै रमाउँछ । फूल भनेकाे यस्ताे सुन्दर हुन्छ, जसले मानिसमा प्रेमकाे भावना जगाउँछ । कहीँ कतै घुम्न जाँदा फूल देखेर नलाेभिने मानिस पनि  सायद दुनियामा कमै हाेलान् । 
 


Read More
राजनीति
- Deepti Neupane - 23019, Grade ... 01 December, 2022

राज्य वा देश सञ्चालनकाे नीति वा नियम नै राजनीति हाे । राजनीतिकाे प्रभाव हरेक देशमा पर्ने गर्छ । सही र असल राजनीति नै देशविकासकाे मुख्य आधार हाे । नेपालमा पनि राजनीतिको ठुलै प्रभाव परेको छ । हामीले राजनीति देशमा मात्र नभई धेरै ठाउँमा, परिवारमा, काम गर्ने ठाउँमा जहाँ पनि देख्न सक्छाैँ । यदी हाम्रो देशमा राम्रो राजनीति भएको भए अहिलेसम्म हाम्रो देश विकसित देशहरूकाे सूचीमा आउँथ्याे हाेला । हामी नागरिकहरूले पनि सबै दाेष देशको राजनीतिलाई नै दिन्छाैँ । तर दोष देशको राजनीतिकाे मात्र हैन, दाेष नागरिककाे पनि हुन जान्छ । त्यसैले प्रतिनिधि चयन गर्दा असल, इमानदार, देश विकास गर्न सक्षम, शिक्षित प्रतिनिधि छान्नुपर्छ ।

नेपालकाे सन्दर्भमा, राजनीति हामीले काम गर्ने ठाउँमा पनि कसरी देख्न सक्छौँ भने आफ्नो नातेदार वा जजिककाे मानिसकाे राम्राे ठाउँमा बढुवा सरूवा हुने तर उस्तै मेहनत गर्दा आफ्नाे मानिस नभए उनीहरूको बढुवा नहुने, पनि एउटा खालको राजनीति नै हो । हामीले धेरै मानिसहरूको गुनासो सुन्न सक्छौँ यस विषयमा र हामीहरूले आफ्नो देशको पनि राजनीतिको गुनासो सुनिरहेका हुन्छौँ । राजनीति भन्ने शब्द सुन्दा, हामी सरकार, राजनीतिज्ञ र राजनीतिक दलहरूको बारेमा सोच्दछौँ । कुनै पनि देशमा व्यवस्थित सरकार हुन र विशेष दिशानिर्देशअनुसार काम गर्नको लागि निश्चित कानुन हुन्छ । तर यहाँ कानुनभन्दा पहिले राजनीति हावी हुन्छ । प्रत्येक देश, समूह र सङ्गठनले आफ्नो घटना, सम्भावना र थप कुराहरू व्यवस्थित गर्न राजनीतिक गरेका हुन्छन्,  न कि आफ्नाे स्वार्थ पूरा गर्न  ।

राजनीति भन्ने कुरा सत्तामा बस्नेहरूमा मात्र सीमित छैन । उही शक्ति प्राप्तिको लागि दौडमा रहेकाहरूको बारेमा पनि उत्तिकै राजनीति छ । राजनीतिक बहसका क्रममा विपक्षी दलका उम्मेदवारहरूले सत्तापक्षमाथि प्रश्न उठाउँछन् । उनीहरू जनतालाई जानकारी गराउने र उनीहरूको एजेन्डा र वर्तमान सरकारले के गरिरहेको छ भन्नेबारे सचेत गराउन चाहन्छन् । 

नेपालकाे सन्दर्भमा हेर्ने हाे भने अधिकांश राजनीतिज्ञ भ्रष्ट छन् । उनीहरूले आफ्नो पद र शक्तिको दुरूपयोग गरी निहित स्वार्थमा  लागेकाे पाइन्छ । हामी मन्त्रीहरू र तिनीहरूका परिवारहरू घोटाला र गैरकानुनी काममा संलग्न भएका समाचारहरू पढ्छाैँ र सुन्छाैँ । तर, उनीहरूसँग भएको शक्तिका कारण उनीहरू कानुनी दायराबाट टाढै रहन्छन् । उनीहरू सजिलै उम्किन सफल हुन्छन् । त्यसैले उनीहरू कुनै पनि अपराधबाट भाग्छन् । कुनै पनि राजनीतिक दल सत्तामा आउनुअघि जनतासँग धेरै वाचा गर्छ । उनीहरूले आफ्ना सबै प्रतिज्ञाहरू पूरा हुनेछन् भन्ने सोचेर सर्वसाधारणलाई प्रभावमा पार्छन् । तर, सत्ता प्राप्त हुनेबित्तिकै जनतासँग गरेका वाचा सबै बिर्सिन्छन् । तिनीहरू आफ्नो स्वार्थको लागि काम गर्छन् । 

यसै गरी हरेक चुनावमा नेता जनतालाई मूर्ख बनाउँछन् । यी सबैमा झुट बोल्ने र भ्रष्ट राजनीतिज्ञको हातबाट आम जनता मात्र पीडित छन् । धेरैजसाे देशहरूमा राजनीतिक दलहरूले धेरै राम्रोसँग भ्रष्टचार नगरी काम गर्दा देश धेरै अगाडि बढिसकेकाे छ । हामीले पनि ती देशहरूबाट धेरै कुराहरू सिक्न सक्छौँ र आफ्नो देशलाई पनि आगाडि बढाउन सक्छाैँ ।  राजनीति नै सम्पूर्ण नीतिहरूकाे मियाे भएकाे हुनाले सक्षम, सबल र असल, समाजसेवाकाे राजनीतिले नै देशकाे मुहार फेर्न सक्छ । 


 


Read More
My Experience on DSS Fest
- Simple Shrestha - 24043, Grad ... 01 December, 2022

It was the very first time for me being at some fest; I had never been to one before. We prepared for this event, days before the final day. All the seniors and teachers were working hard for the fest to be perfect and it was indeed a perfect and successful one. Most of the students were given a particular task to do; and I was one of them too. My friends and I stayed after school the day before the fest, helping seniors to decorate the school. We had to come early the next day; I was a little late and when I arrived, everyone was working, helping each other; students and teachers all together. We decorated the stalls and kept balloons, and they looked very pretty. We also kept stalls for food and games; we just had to wait for our props to arrive which did not take much time to arrive and everyone was soon busy in their respective stalls. My friend and I were assigned in one of the many stalls: Hit The Canvas, which in my opinion was one of the hardest games to play and win prizes. 
The fest started with people singing and welcoming people. Soon the whole school was crowded with people. There were people playing in different stalls. People came to our stall too but sadly very few could win the prizes, which were keyrings and bubbles. Seniors and juniors danced which I was looking forward to and it was very fun to cheer for them. From my grade too, one of my friends danced which we all were very excited about. We all cheered for him and it was truly a very fun time with all of my friends. People sang too which was magical and very beautiful to listen to. My brother and my sister also came for the fest. They walked around, played games, ate momos and panipuri. They were enjoying it and said that it was fun being there. Around 3 in the afternoon, we closed the stalls and went to eat. The crowd was increasing in the momo and panipuri stalls. It was hard getting food but it was fun being in line making new friends and talking to them. We bought tickets for bingo which was 100 rupees per person. When we had already finished eating, it was time for us to go for the bingo. Me and my friends all had our respective bingo tickets and the game started. We had a cash prize too for the winner and we were very determined to win. One by one people won the prizes; I was expecting to win at least one of the categories as it was divided into 5 of them and alas! I won none of them which was very sad but I was very close to winning though. Nevertheless, we all had a lot of fun being around there with friends, parents and teachers. I had a great time spending and bonding with my seniors: singing, dancing and enjoying the moment. It was tiring but I had a great time and it was so worth coming and enjoying the fest: I hope every year we get to enjoy such events…
 


Read More
मेरो देश नेपाल
- Sheetal Mulmi - 24036, Grade ... 30 November, 2022

मेरो देश नेपाल दुई ठुला छिमेकी देश भारत र चीनको बिचमा अवस्थित छ । भाैगाेलिक रूपमा सानाे भए पनि दुवै छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध बनाउँदै विकासकाे गतिमा अघि लम्किरहेकाे छ मेराे देश । नेपाल विभिन्न जातजाति र संस्कृतिको देश हो । अर्को शब्दमा भन्नुपर्दा, यो विभिन्न जातजाति र पृष्ठभूमिका मानिसहरूकाे फूलको सुन्दर बगैँचा जस्तै हो ।
नेपालमा करिब १२६ भाषाभाषीहरू छन् । जसको आफ्नै समृद्ध इतिहास र संस्कृति छ । हाम्रो देश भौगोलिक साँस्कृतिक र प्राकृतिक धार्मिक हिसाबले पनि निकै धनी हाे । समुन्द्री सतहबाट केवल ७० मिटरको तल्लो बिन्दुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सम्म, हामीसँग ठाउँअनुसार फरक-फरक तापक्रम छ । फरक फरक हावापानी छ । यसलाई आफ्नो उचाइ र भौगोलिक भिन्नताका आधारमा तराई, पहाडी र हिमालय गरी तीन क्षेत्रमा विभाजन गरिएको छ भने राजनैतिक विभाजनका आधारमा  ७ प्रदेशमा विभाजन गरिएकाे छ ।
हिमाली क्षेत्रहरूमा उच्च हिमालहरू छन् जुन हेर्नको लागि आनन्द दिने र मनै लाेभ्याउने छन् । विश्वका शीर्ष १० अग्ला चुचुराहरूमध्ये, ८ ओटा नेपालमा पर्छन् । यस्तो देशकाे नागरिक हुन पाउँदा मलाई गर्व लाग्छ । नेपालमा रहेका विविध वनस्पति, जीवजन्तु, सुन्दर दृश्य, हरियाली, ऐतिहासिक तथा धार्मिक स्थलहरूले विदेशी तथा स्वदेशीहरूकाे मन लाेभ्याएका छन् । संसारभरका मानिसहरूले हाम्रो देशको हिउँले ढाकिएका हिमालहरू, नदीहरू, चट्टानहरू, झरनाहरू, तथा सुन्दर दृश्यहरू, समृद्ध वनस्पति र जीवजन्तुहरू, ठुला धार्मिक र ऐतिहासिक महत्त्वका चिज हेर्नका लागि हजारौँ डलर खर्च गरी नेपाल आउँछन् र आनन्द लिन्छन् ।

नेपाललाई कृषि प्रधान देश भनेर पनि चिनिन्छ जहाँ यहाँका मानिसकाे मुख्य आम्दानीकाे स्राेत भनेकाे कृषि हाे । धेरैजसाे नेपालीहरू कृषिलाई आफ्नो मुख्य पेसा मान्छन् । हाम्रो देशको पनि ऐतिहासिक महत्त्व छ । विश्वभर प्रचलित बुद्ध धर्मका संस्थापक तथा प्रचारक गौतम बुद्धको जन्म पनि नेपालमा भएको हो । बुद्ध शान्ति र अहिंसाका प्रतीक हुन् । हाम्रा पूर्खाले देखाएकाे वीरताले गर्दा हामी विश्वमाझ वीर नेपाली भनेर पनि परिचित छाैँ । विश्वभर साम्राज्य फैलाउने अङ्ग्रेजले नेपालमा आँखा मात्र लगायाे । शासन गर्न सकेन । वीर पूर्खाहरू लामो सङ्घर्षपछि एकजुट भएर आफ्नो देशको रक्षाका लागि लडे । त्यसैले नेपालीहरूकाे साहस र वीरता विश्वभर नै परिचित छ । वीर गोर्खालीहरू विश्वयुद्धमा लड्न गई र विभिन्न पदकहरू जिते । यसले हाम्रो देशलाई धेरै सम्मान दिनुका साथै नेपालीहरूकाे वीरता विश्वभर चर्चाकाे विषय बन्न सफल भयाे। 


 


Read More
साँस्कृतिक परिवेश
- Aswin Siwakoti - 23014, Grade ... 29 November, 2022

प्रत्येक जातिकाे आफ्नै संस्कृति हुन्छ । संस्कृतिसँग सम्बन्धित कुराहरू साँस्कृतिक हुन्छन् । हिमचुचुरा, बेँसी, पहाड, उपत्यका र समथर तराई भूभागमा बेग्लै खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड, खानपानजस्ता सांस्कृतिक विविधता कुनै पनि राष्ट्रका सम्पदा हुन् । यी संस्कृति व्यक्ति र समुदायको नेपालकाे पहिचान बनेर रहेको छ । देशमा बोलिने सबै भाषा र मनाइने संस्कृति नेपाली संस्कृतिका रूपमा स्थापित छन् । यी संस्कृति, भाषाभाषी सङ्गीत तथा कलासाहित्य हाम्रा अमूल्य सम्पत्ति हुन् । ऐतिहासिककालदेखि रही आएका धार्मिक पहिचान हाम्रा अनुकरणीय सम्पदा हुन् । आधुनिकता, पश्चिमी सभ्यताको प्रकोप, सूचना सञ्चार प्रविधिको विकास र परम्परागत सभ्यता र पेसाप्रतिको प्रतिकाे आकर्षणले हाम्राे सांस्कृतिक संरक्षण र संवर्द्धन अहिले हाम्रा लागि चुनौती बनेको छ । प्रत्येक सामाजिक समूहको आफ्नो पहिचान र व्यक्तित्व हुन्छ । आफ्नै रहनसहन, खानपान, संस्कृति, भाषा, साहित्य र भौगोलिक क्षेत्रसमेत हुन्छ । मानिस आफ्नो संस्कृतिबाट भिन्न वा अलग भएर रहन सक्दैन । विदेशमा पुगेका नेपाली, नेपाली संस्कृति मिलेर मनाउने र रमाउने गर्छन् । एक आपसमा खुसी साटासाट गर्छन् । यसैले भन्न सकिन्छ संस्कृति मानवीय सभ्यताको परिचय हो र मानिस बाँच्ने आधार पनि हो । बहुसांस्कृतिक समाजमा सबै संस्कृतिका लागि समानताको आधारमा संरक्षण र विकासको अवसर प्राप्त हुने गरी सामाजिक र  सांस्कृतिक समानताका कुराहरूसमेत समावेश हुन्छन् । 

प्रत्येक जातिकाे संस्कृति आफ्नो संस्कृतिको विकास गर्न सर्वोच्च हुन्छ । अर्थात, आफ्नो संस्कृतिको विषयमा निर्णय लिने सार्वभौम अधिकार सम्बन्धित व्यक्ति र समुदायलाई मात्र हुन्छ । नेपालमा जैविक विविधता जति छ त्यति नै सामाजिक र सांस्कृतिक विविधता छ । हिमालदेखि तराईसम्मको भौगोलिकता भएको कारणले यहाँ चिसो मौसमदेखि तातो मौसमसम्मको विविध पर्यावरण भेटिन्छ । साथै समाजमा रहेका सांस्कृतिक कुसंस्कार परिवर्तनका लागि सरकार, समाज र नागरिकहरूले सांस्कृतिक सुधारमा जोड दिनुपर्छ । आज विश्वभर सांस्कृतिक पहिचान र मौलिकताको खोजी भइरहेको छ । राष्ट्र, राष्ट्रियता र संस्कृति देशका देशका महत्त्वपूर्ण सम्पत्ति हुन् ।
प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो संस्कृतिको संरक्षण, विकास गर्ने व्यक्ति र समूह अधिकार सुरक्षित हुनुपर्छ । आफ्नो संस्कृति मात्रै ठिक र अरूको संस्कृति बेठिक भन्ने साेचाइ हटाउनुपर्छ । संकृति नै देश र जातिकाे मूल पहिचान र परिचय हाे भन्ने कुरा सम्झनुपर्छ ।


Read More
विश्वकप
- Raghav Vaidya - 24030, Grade ... 28 November, 2022

फुटबल संसारभर धेरैको मानिसकाे प्यारो खेल र प्रसिद्ध खेल हाे । फुटबलमा हामीले राम्राभन्दा राम्रा खेलाडी देखेका छौँ । जसले हामीलाई यो खेल मन पराउने बाध्य पारेका छन् । फुटबलकाे सबैभन्दा धेरै चर्चा भने विश्वकपकाे समयमा हुने गर्छ । ४ /  ४ वर्षमा एक हुने यो खेलकाे समयमा विश्वभर अनगिन्ती जर्सिहरू बिक्छन् । ती जर्सीहरूले अनेक राष्ट्रलाई सम्मान दिन्छन् । हामीले आफ्नो मनपर्ने खेलाडी अथवा मन पर्ने देशकाे जर्सी लगाउँछौँ । हाम्रो देश नेपालले अहिलेसम्म  विश्वकपमा भाग लिन पाएकाे छैन ।

विश्वकप पहिलो पटक सन् १९३० मा उरुग्वेमा स्थापना भएको थियो । त्यो खेलको विजेता पनि उरुग्वे नै भएकाे थियो । सन् १९३४ र सन् १९३८ विश्वकपकाे विजेता इटाली थियाे । त्यो समयमा फुटबलको अहिले जति सम्मान र इज्जत थिएन । दोस्रो विश्वयुद्धको कारण सन् १९३८ देखि १९४९ सम्म विश्वकप हुन सकेकाे थिएन । त्यही समयबिच सन् १९४० मा एड्सन अरान्ते दो नासिमेन्ताेकाे ब्राजिलमा उदय भयाे । सन् १९५० मा ब्राजिलमा विश्वकप भयो । ब्राजिल फाइनलसम्म पुगे पनि उरुग्वेले २-१ अङ्कका साथ ब्राजिलाई हरायाे ।  ब्राजिलियनहरूको आँखामा आँसु थियो । सन् १९५८ को विश्वकपमा एड्सन अरान्ते दो नासिमेन्ताेले मात्र १७ को उमेरमा विश्वकप खेले । उनकाे सेमी-फाइनलकाे गोलले सबै खुसी भए । ब्राजिलमा अरू पनि राम्रा खेलाडीहरू थिए । ती  मध्ये डिको एक थिए । फाइनल खेल स्विडेनसँग थियो । सबैलाइ अचम्म पार्ने गरी डिकोले ह्याट्रिक गरे । अहिलेसम्म १७ वर्षको उमेरमा कसैले विश्वकपमा ह्याट्रिक हान्न सकेको छैन । ब्राजिलले पहिलो पटक विश्वकप जित्याे र डिको खेलको सबैभन्दा  उत्कृष्ट खेलाडी ठहरिए । 
यस खेलपछि उनी पेले नामबाट चिनिन थाले । त्यसै गरी ब्राजिलले सन्  १९६२ र १९७० मा पनि विश्वकप जित्याे र सन् १९७० काे विश्वकपमा पेलेकाे खेलकाे सबैभन्दा राम्रो खेलाडी ठहरिए । सन् १९७४ मा फ्रान्ज बकेंबर र जोहन क्रुफजस्ता नाम चलेका खेलाडीहरूले विश्वकप खेले र ट्रफी हात पारे । जर्मन सन् १९८६ को विश्वकप अविस्मरणीय खेल भने अर्जेन्टिना र इङ्ल्यान्डबिचको क्वार्टर फाइनल खेल थियाे । त्यो खेलमा म्याराडाेनाले हातले गोल गरेर अर्जेन्टिना खेलकाे विजेता भयाे । रेफ्रीले हाते गाेल देखेनन् । म्याराडाेना खेलकाे उत्कृष्ट खेलाडी भए । त्यो गोल लै ‘ह्याण्ड अफ गोल’ नामले चिनिन्छ । सन् १९९४ को विश्वकपमा कार्लोस, रोमारियो, काफु जस्ता खेलाडीहरू थिए । जसले गर्दा ब्राजिल चौथो पटक विश्वकप जित्न सफल भयाे ।  १७ वर्षका रोनाल्डो नजरियो पनि खेलमा सहभागी भए पनि खेल्न पाएनन् । सन् १९९८ को विश्वकपसम्म त्यो समयको सबैभन्दा राम्रो खेलाडी फ्रान्सको जिनेदिन जिदान र ब्राजिलको रोनाल्डो नजारियोलाई मानिन्थ्यो । सन्  १९९८ को फाइनल खेलमा जिदान र रोनाल्डोको बारेमा संसारभर चर्चा भएकाे थियाे । अन्त्यमा फ्रान्सले ट्रफी लाग्याे ।  
यसै गरी सन् २००२ को विश्वकप पनि अविस्मरणीय रहेको छ । जापान र साउथ कोरियाले आयाेजना गरेको यो खेलमा  रोनल्डिन्यो, रिवाल्दो, रोनाल्डो भएको  शक्तिशाली ब्राजिल समूह र रोनाल्डोको ८ गोलका साथ गोल्डेन बुटको निकै चर्चा भएकाे थियाे । स्पेनसँगको क्वार्टर फाइनल खेलमा पनि २ गोल रेफ्रीले मानेन र पेनाल्टीमा स्पेनको हार भयो । तर जर्मनी सेमी फाइनलमा साउथ कोरियालाई हराउन सफल भयाे । सबैले रेफ्रीलाई गलत माने किनभने कोरियाले स्पेन र इटाली जस्ता देशहरूलाई हराउन असम्भव जस्तो लागेको थियो । 
सन् २००६ को विश्वकपमा जिदानको रिस चर्चाकाे विषय बन्याे । फाइनलमा फ्रान्स र इटालीको गोल १-१ थियो । मतेरज्ज़ी नामका खेलाडीलाई जिदानले हेडबट गरे र उनले सिधै रेड कार्ड खाए । जिदान फ्रान्सको कप्तान र एउटा राम्रो खेलाडी पनि थिए । मानिन्छ कि मतेर्ज्जीले जिदानलाई गालीहरू दिएको थियो। जिदानले आफ्नो रिश न निकालेको भए फ्रान्सले त्यो विश्वकप जित्न सक्थ्यो। साे खेल इटलिले जित्याे । सन् २०१० को विजेता स्पेन हो । सन्  २०१० मा स्पेनमा सबैभन्दा राम्रो खेलाडीहरू थिए । गोलकिपरदेखि स्ट्राइकर, सबै राम्रा थिए । उसले सन्  २००८ र २०१२ युरो कप पनि जित्यो । 
सन् २०१४ को विश्वकप ब्राजिल र जर्मनी बिचको खेल थियो । सो सेमी फाइनल खेलमा जर्मनीले ७-१ ले ब्राजिलाई हरायो । त्यो खेल ब्राजिलियनहरूका लागि निकै दुःखदायी थियो । त्यो खेलपछि धेरै ब्राजिलियनहरूले आत्माहत्या पनि गरे । फाइनल खेलमा जर्मनीले १-० ले अर्जेन्टिनालाई  हराएर ट्रफी जित्यो । सन् २०१८ को विश्वकप चर्चा क्रिस्टियानो  रोनाल्डोको ह्याट्रिकमा केन्द्रित थियाे।  समूह खेलमा पाेर्चुगल र स्पेनको खेल थियो । स्पेन सन् २०१० जतिको राम्राे नभए पनि त्यो खेलमा राम्रा मध्येकाे एक थियो । ३३ वर्षको उमेरमा फ्रि किककासाथ ह्याट्रिक गरेकाे निकै राेचक थियाे । त्यो विश्वकप फ्रान्सले जित्याे । 
सन् २०२२ को विश्वकप कतारमा भइरहेको छ । कतारले याे  विश्वकप पहिलो पटक आयाेजना गर्ने अवसर पाएकाे हाे । समूह चरणकाे खेलमा साउदीले अर्जेन्टिनालाई हरायाे । अहिलेकाे विश्वकपमा पनि निकै राेमाञ्चक खेल भइरहेका छन् । सेमी फाइनल र फाइनल खेल सुरू हुन थालेपछि झन् रमाइलाे हुनेछ ।


Read More
Darkness
- Shreebisha Shrestha - 23040, ... 28 November, 2022

Have you ever heard of a country where there is no nighttime occurrence? There is a country with no darkness. What if we lived in a world where it never gets dark, even when it's already nighttime? At first, it may sound very interesting, because you would have more time to do the things you want; but gradually, you would start cherishing all the darkness. The place where it is bright 24/7 during the summer season is considered to be the "Land of Fire and Ice." It is one of the few spots on the planet where homosapiens have settled. It is also one of the few places where you may see the incredible "Northern Lights"; so which country do you think it is?

Yes, you are correct if you have guessed, it is Iceland. Iceland’s location on earth brings no night during the summer season. Even after the sun sets, it never gets dark: imagine being able to go to late night parties during the day! Sounds amazing, right? But as we experience this 24/7 daylight, people realized an important lesson that goes way beyond: they realized, that we actually need darkness.

Darkness is more than just a reminder that the day has come to an end. It also serves as a reminder to stay at home and spend time with our loved ones. It tells our bodies that it is time for us to take some rest. Darkness is also everything else in our life that we don't realize how much we should be valuing it until it is gone. We do not appreciate many things in our daily life because we don't value them; and people just like us aren’t too grateful for so many things in our lives. But when the night is gone, and, more crucially, when the people we love are gone, we start realizing and understanding how much we needed them and how much we loved them. But then it becomes too late. Similarly, we need a little darkness in our lives too.

I myself had a great wake-up call when my grandparents were in a really bad state in the hospital. My Grandpa, who I've known my entire life, disappeared in a jiffy… Ever since then, I have never taken his existence for granted. And so, may the story of Iceland remind you that too often we take things and people for granted. As you lie in your bed, preparing to fall asleep, close your eyes for a moment and think of all the things and people you may be taking for granted, including the darkness of night itself…
 


Read More
बालबालिका काँचाे माटो
- Aaisma Wagle - 23050, Grade X ... 25 November, 2022

बालबालिका काँचाे माटा जस्तै हुन्छन्,
यिनीहरू आकार पाए जसरी बढ्छन् ।
त्यसैले यिनीहरूलाई ठिक आकार देऊ
यिनी सुन्दर मूर्तिकला बन्न सक्छन् ।

बालबालिका ऐना जस्तै हुन्छन्,
जब मनमोहक तस्बिर देखाइन्छ,
तस्बिरलाई मस्तिष्कमा सजाउँछन् 
अनि, भविष्यकाे सुन्दर संसार सिर्जना गर्छन् ।

बालबालिका सिसा जस्तै हुन्छन्,
कसैले प्रहार गरे सजिलै फुट्न सक्छन् ।
बालबालिका कच्चा हिरा जस्तै हुन्छन्,
चम्काउनु अघि नै चम्किई सकेका हुन्छन् ।

बालबालिका हिउँ जस्तै हुन्छन्,
शुद्ध, स्वच्छ र निर्दोष दाग नभएका ।
बालबालिका डुङ्गा जस्तै हुन्छन्, 
जहाँ तैरिएको पानीकाे बहाबमा अडिन्छन् ।

बालबालिका सबैभन्दा नजिकका रूप,
सुनाैला भविष्य र देशका सुन्दर सपना 
जब हुर्कने छन् यी कोपिला
फक्रिने छन् सुन्दर विश्वमा ।


Read More
पहिलाे जीवन
- Aarya Chhetry - 24006, Grade ... 24 November, 2022

 उमेर थियाे सानै तर चाेर खाेई चाेर खाेई ?
भनेकाे राम्राे याद छ मलाई
छाेरीले नाम कमाउँदिन
बुबाआमाले पालन गरे याे भनाइ ।

जन्मिदै बाेझ भनेर नामाकरण गरियाे
म दुधे सानाे बालकलाई
दुःखका बादल आकाशमा जब भरिए
फाल्न हतारिए मलाई

विद्यालयबाट लिन पाइन ज्ञान 
सबै आमाले भनेकाे पत्याएँ
सबै कुरा साँचा नहुने रहेछन् 
उमेर पुगेपछि थाह पाएँ ।

आँखा तल, टाउकाे झुकेकाे
अनुहार दन्किँदा पनि चुप बसेँ
सातै वर्षकाे उमरमा तेराे भाेलि विहेभन्दा
मजाक सम्झेर हाँसे, पछि मात्रै चाल पाएँ ।

बुबाकाे उमेरका पुरुषहरू घरमा
बन्दी जसरी कटाउन थालेँ, दिनहरू
भन्नका लागि मात्र थिएँ म बुहारी 
दास भनी जिस्काउँथे नन्दहरू ।


Read More