Logo

Student Corner

Articles

मेराे गाउँ
- Pranav Pandey - 31016, Grade ... 28 June, 2022

म मेराे बिदामा गाउँ गएकाे थिएँ । गाउँ पुग्‍न हामीलाई करिब ४ घण्टा लाग्याे । म, आमा, बुबा, हजुरबुबा र हजुरआमा गाउँ गएका थियाैँ । बिच बाटामा हामीले पकाैडा, सेल र समाेसा खायाैँ र फलफूल पनि किन्याैँ । अरनीकाे हाइवे हुँदै हामी गाउँ पुग्याैँ । पहिला भाइकाे घरमा गएर ऊसँग म कुदेँ र एकछिन माेबाइल खेलेँ । हामी गाउँमा केही दिन बस्याैँ । मेराे गाउँ हरियाली थियाे । त्यहाँ मैले जङ्‍गल, राता सेता घरहरू, खेतबारी, बाख्रा, राँगाे, गाई आदि देखेँ । हरियाली भएकाले त्यहाँ ताजा हावा आउँथ्याे । त्यहाँ एउटा मन्दिर पनि रहेछ । गाउँका सबै मानिसहरू पूजा गर्न त्यहीँ जान्थे । गाउँमा एउटा पँधेराे पनि रहेछ । गाउँमा खाना पकाउन दाउराकाे चुलाे प्रयाेग गरिन्थ्याे । त्यहाँका मानिसहरू टपरी चाहिँदा नजिकैकाे वनबाट ल्याएर बनाउँदा रहेछन् । मलाई मेराे गाउँ धेरै मन पर्छ ।  काठमाडाैँ फर्किने बेलामा म र मेरी बहिनीले चेहेरे खाेलाकाे चिसाे पानीमा खेल्याैँ । त्यसपछि हामी गाडीमा बिस्तारै काठमाडाैँ फर्कियाैँ । मलाई मेराे गाउँ फेरि जान मन लागेकाे छ ।


Read More
जन्मभूमि
- Sabhya Marasini Pradhan - 300 ... 27 June, 2022

हामी जो कोही जहाँ जन्मेका भएपनि सबैकाे आफ्नै प्याराे अनुभव हुन्छ ।  धनी, गरिब, वा हामी जहाँ जन्मेका हौं, सबैको जन्मस्थान समान रूपमा महत्त्वपूर्ण हुन्छ । हाम्रो जन्मस्थान धेरै महत्त्वपूर्ण हुन्छ, किनभने यसमा हाम्रो पहिचान, राष्ट्रियता, रहनसहन र अन्य धेरै गतिविधि जाेडिएकाे हुन्छ । जन्मस्थानका विविध कुरासँग हामी परिभाषित हुन्छाैँ । मेरो बारेमा कुरा गर्दा, म अमेरिकामा जन्मेको हुँ, तर यसको मतलब म अमेरिकी हुँ भन्ने होइन। म नेपाली हुँ। म त्यहाँ जन्मेका कारण म त्यस देशको हो भन्ने होइन । हाम्रो जन्मस्थान हामीले भर्खरै जन्मेको बेला देखेको पहिलो स्थान हुने गर्दछ । सडकमा जन्मिए पनि हाम्रो जन्मभूमि धेरै महत्त्वपूर्ण हुन्छ।


Read More
पानी
- Bishakha Upadhyay - 30010, Gr ... 23 June, 2022

हाम्रो जीवनमा पानीको साँच्चिकै महत्त्व छ किनभने हामी पानी पिउने र सिँचाइ गर्न, नुहाउन, लुगा धुने वा अन्य चिजहरू आदिका लागि पानी प्रयोग गर्छौं। संसारको ताजा पानी भण्डारणमा ७५ प्रतिशत जम्मा हुने गर्दछ। पानी पिउनाले हाम्रो शरीर स्वस्थ रहन्छ । यदि हामीले पानी पिएनौं भने, हामीलाई चक्कर लाग्ने महसुस हुन्छ र यदि हामीले लामो समयसम्म पानी पिएनौं भने प्रायः बिरामी हुने सम्भावना हुन्छ। एक दिन वा एक दिनभन्दा बढी पानी नपिउँदा मृत्युसमेत हुन सक्छ। पानीले तपाईंको शरीरभरि पोषक तत्व, अक्सिजन प्रदान गर्दछ,र फोहोरहरू तपाईंको कोशिका र अंगहरूका माध्यमद्वारा बाहिर लैजान्छ। पर्याप्त पानी पिउनाले कब्जियत, मृगौलाको पत्थरी, दम, मूत्रमार्गको संक्रमण र उच्च रक्तचाप जस्ता केही चिकित्सकीय अवस्थाहरूबाट बच्न सकिन्छ । पानीले तपाईंको खानाबाट महत्त्वपूर्ण पोषक तत्वहरू अवशोषित गर्न मद्दत गर्दछ, जसले तपाईंलाई स्वस्थ राख्नमा पनि अहं भूमिका खेल्छ। नेपाल पानीमा दोस्रो धनी देश हो । सानो देश नेपालमा ६ हजारभन्दा बढी जलस्रोत छन् । हामीले हरेक दिन ३ देखि ५ लिटर पानी पिउनुपर्छ l


Read More
किताबकाे महत्त्व
- Sarvesh Raj Adhikari - 30056, ... 21 June, 2022

हाम्राे जीवनमा किताबकाे एकदमै महत्त्वपूर्ण स्थान हुन्छ । किताब बुढा-पाका, युवा-युवती, केटा-केटी सबैका लागि अत्यावश्यक मानिन्छ । किताबमा भएकाे ज्ञानले हामीलाई मानवताकाे कुरा सिकाउँदछ । विश्वका महान् व्यक्तिहरूले पनि किताबकै सहायताले आफ्नाे जीवनमा परिवर्तन ल्याएका हुन् भन्नेमा कुनै शङ्का छैन । मानिसकाे तह, रुचि, आवश्यकताअनुसार विभिन्न किताबकाे खाँचाे परेकाे हुन्छ । जति धेरै किताब पढिन्छ त्यति नै धेरै साेच र विचार मन्थन हुने हुँदा अरू कुरामा समय बिताउनुभन्दा किताब पढेर बसेकाे राम्राे र उपयाेगी हाे भन्ने ठहर्छ । किताब पढ्दा समयसापेक्ष पढेकाे राम्राे मानिन्छ किनकि समय भनेकाे गुरुकाे पनि गुरु हाे । विश्वका ठुला र धेरै मानिसहरू जीवनयापनकाे साधन किताबलाई मान्छन् । 


Read More