Logo

Student Corner

Articles

भानुभक्त आचार्य
- Bishakha Upadhyay - 30010, Gr ... 09 September, 2022

भानुभक्त आचार्य एक नेपाली कवि, अनुवादक र लेखक थिए। रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने उनी पहिलो लेखक थिए। आफ्नो समयमा देशका अन्य समकालीन कविहरू भए पनि उनी नेपाली भाषाको आदिकवि पदवीबाट सम्मानित छन्। उनका कविताहरू पछि प्रसिद्ध कवि मोतीराम भट्टले प्रकाशित गरे। भानुभक्तले संस्कृतको शिक्षा आफ्नो हजुरबुबा र पछि वाराणसीमा प्राप्त गरे। भानुभक्त आचार्यको जन्म १८७१ आषाढ २९ गते नेपालको तनहुँ जिल्लाको रम्घा भन्ने गाउँमा भएको थियो। आचार्य ब्राह्मण परिवारमा जन्मनुभएका उहाँले हजुरबुबाबाट घरमा नै शिक्षा प्राप्त गर्नुभएकाे थियाे। उनका बुबा धनञ्जय आचार्य सरकारी अधिकारी थिए र सबै भाइहरूमध्ये जेठा थिए । भानु जयन्तीका दिन भानुभक्त आचार्यको जयन्ती मनाइन्छ। यो नेपाली पात्रोअनुसार आषाढ महिनाको २९गते पर्छ। यो उत्सव नेपाल सरकार, नेपाली जनता र विश्वभरिका नेपालीभाषीहरूद्वारा प्रत्येक वर्ष मनाइन्छ। भानुभक्त आचार्यको जन्मदिनको उपलक्ष्यमा विश्वभरिका नेपालीहरूमा प्रचलित सांस्कृतिक महोत्सव आज पनि हुने गर्दछ। यो साधारणतया आषाढको २९ गते मनाइन्छ। प्रत्येक वर्ष भानु जयन्तीका दिन साहित्यिक गाेष्ठीहरू, नेपाली साहित्यकार, उपन्यासकार र अन्य साहित्यिक व्यक्तित्व उत्साहीहरूका बीचमा उल्लेखनीय कार्यक्रम हुन्छ । भानुभक्त आचार्यलाई नेपाली जनताका निम्ति आदिकवि (पहिलो कवि) भन्ने उपाधिले सम्मान गरिएकाे छ। भानुभक्त आचार्यको जीवनी लेख्दा मोतिराम भट्टले उनलाई पहिलो पटक आदिकवि भनेर सम्बोधन गरेका थिए । उनले स्पष्ट पारे कि आचार्यलाई नेपालमा पहिलो कवि नभएको कारण उनी आदिकवि भनिन याेग्य थिए किनकि उनी पहिलो कवि थिए। जसले एक अथक परिश्रमले रामायण लेखेका थिए।


Read More
सिसाकलम
- Medhansh Rana - 31013, Grade ... 08 September, 2022


सिसाकलम लेख्न, चित्र बनाउन प्रयोग गरिन्छ । सिसाकलमले लेखेका कुराहरू सजिलै मेट्न पनि सकिन्छ । हामी पढ्न लेख्न सुरु गरेदेखि नै सिसाकलम को प्रयोग गर्छौं ।  सिसाकलमले कुनै कुरा गलत लेखिएमा त्यसलाई सच्याउन सजिलै सकिन्छ ।  सिसाकलमलाई बेलाबेलामा तिखार्नुपर्छ । मैले सिसाकलमलाई कक्षामा प्रयोग गर्छु । सिसाकलम धेरै रङमा पाइन्छन् र यसको प्रयोगले रङ्गीबिरङ्गी चित्र बनाउन सकिन्छ । सिसाकलमको प्रयोग विभिन्न कुराकाे परियाेजना बनाउन पनि सकिन्छ । जस्तैः घर, सवारी साधन, पुल आदिको याेजना पनि सिसाकलमबाट नै गरिन्छ । भर्खर अक्षर सिक्न लागेका साना बच्चाहरूलाई पनि सिसाकलमबाट नै लेखाइन्छ । सिसाकलमले लेख्न सजिलो हुन्छ ।


Read More
वाग्मती खोला
- Siddhartha Chaulagain - 30033 ... 01 September, 2022

वाग्मती खोलाको आफ्नै धार्मिक तथा सांस्कृतिक पहिचान रहेकोछ । वाग्मती खोला शिवपुरी सुन्दरीजल हुँदै काठमाण्डौँ उपत्यकामा रहेको खोलाको नाम हो वाग्मती खोला । यसको मुहान शिवपुरी राष्ट्रिय निकुञ्जको छेउमा नै रहेको छ । आफ्नै विशेष पहिचान रहेको यो खोला पशुपतिनाथको किनारहुँदै बगेको पाईन्छ। खोलामा हिन्दुधर्मावलम्बीहरूले पूजा गर्ने , स्नान गर्ने गर्दछन् । याे खोला उपत्यकादेखि चोभार हुँदै बाहिरिएको छ। वाग्मती नदीलाई एउटा पवित्र नदीको रुपमा पनि चिनिने गरिन्छ । तर अहिले आएर यो नदी धेरै फोहोर तथा दूषित भएको पाइन्छ । मानिसहरूको अव्यवस्थित बसोबास , बद्‌दै गएको कलकारखान ' शहरीकरण तथा ढलको अव्यवस्थापनले गर्दा खोला धेरै दूषित बनेको छ । नदीको दूषितपनालाई कम गर्नका लागि खोला किनारमा बाेटबिरुवा तथा पार्कहरू बनाइएको पाइन्छ भने विभिन्न सङ्घ-संस्थाहरूको स्थापनागरी खोलालाई सफा, स्वच्छ बनाउँनका लागि विभिन्न प्रकारका कार्यक्रमहरूको पनि आयोजना गरेको पाइन्छ। अहिले वाग्मती खोलाको स्वरूपमा केही भिन्नता भने पाउन सकिन्छ | 


Read More