Logo

Student Corner

जीवनमा सङ्गीतको महत्व

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 03 November, 2020

सङ्गीत मानव जीवनको विभिन्न क्षणहरूको एक महत्त्वपूर्ण हिस्सा हो । सङ्गीतले व्यक्तिको जीवनमा खुसी र आनन्द फैलाउँछ। सङ्गीतले जीवनमा धेरै भावनाहरू र शान्तिको छाया ल्याउँछ। सङ्गीत एक रमणीय ध्वनि हो जुन धुन र सद्भावको संयोजन हो र यसले मानिसलाई आनन्द प्रदान गर्छ। सङ्गीतले मानिसलाई विभिन्न तनावबाट मुक्त गरेर शान्ति दिन्छ। सङ्गीतले विभिन्न सङ्गीत वाद्ययन्त्रहरूको मद्दतले मनमोहक आवाज रचना गर्ने कलालाई पनि सङ्केत गर्छ।

 सङ्गीतले भावनात्मक र मानसिक तरिकाले व्यक्तिका पीडालाई निको पार्ने काम गर्छ । सङ्गीत ध्यानको एक रूप हो । सङ्गीत लेख्दा वा सुन्दा मान्छेका सबै चिन्ता र पीडाहरू बिर्सन्छन् । जसरी द्वापरयुगमा कृष्णको बाँसुरी सुनेर सबै गोपीनीहरू मोहित भएर आफ्नो सबै पीडा बिर्सिन्छन्, त्यस्तै जादु अहिले पनि सङ्गीतमा जीवित छ । सङ्गीत विश्वव्यापी भाषाको रूपमा चिनिन्छ किनकि यसले कुनै सीमाहरू जान्दैन । सङ्गीत भाषा, धर्म, देश, आदिको अवरोध बाहिर स्वतन्त्र रूपमा प्रवाह गर्दछ । कुनै पनि मान्छे आफ्नो उमेरअनुसारसङ्गीतको आनन्द लिन सक्दछ । 

नेपाली सङ्गीतका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति सङ्गीतज्ञ रामशरण दर्नाल हुन् ।  रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । दर्नालले नेपाली गीतसङ्गीतसँग सम्बन्धित करिब एक दर्जन जति पुस्तकहरू  लेखेका छन् । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरूको खोज तथा अनुसन्धान गर्न देशका विभिन्न कुनाकाप्चाहरूमा गई खाेजी गर्ने कार्यसमेत गरे । दर्नालले नेपाली बाजामा गीतारलाई भित्र्याउने काम गरे । 

सामवेदबाट उत्पत्ति भएकाे सङ्गीत मानव जीवनकाे अभिन्न साथी पनि हाे ।  ज्ञानकी देवी सरस्वतीका हातमा वीणा छ जो सम्पूर्ण सङ्गीतकाे प्रतीक हो । प्राचीन शास्त्रीय  सङ्गीत हुँदै हाल रक पपजस्ता विभिन्न विधामा फैलिएकाे छ ।