Logo

Student Corner

कोरोना भाइरस

Written by: Sophia Shrestha - 2028038, Grade IV

Posted on: 03 November, 2020

कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने सरुवा हो । सुरुमा यो राेग चिनकाे बुहानमा देखिएको थियो । याे राेग चमेरोबाट मानिसमा सरेको विश्वास गरिन्छ । चिनको विभिन्न राज्य हुँदै संसारभरि फैलियो । अहिले यो रोग महामारीको रुपमा मानिन्छ । धेरै मानिसहरू संक्रमित भइसकेका छन् । याे राेगबाट धेरै मानिसहरू मरिसकेका छन् । यो रोग छिमेकी देश भारत हुँदै नेपालमा भित्रियो । अहिले एक कराेडाैँ मानिस सङ्क्रमित भइसकेका छन्  भने निको पनि धेरै भइसकेका छन् ।

यसका लक्षणहरु १०४ ज्वराे आउनु,सास फेर्न गाह्रो हुनु, रुघाखोकी लाग्नु अादि हुन् । यसबाट बच्न हामीले नियमित रुपमा साबुन पानीले मिचीमिची हात धुनुपर्छ । यदि लक्षण देखिएमा तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ । खाेक्दा हाच्छ्यूँ गर्दा नाक मुख छोप्नुपर्छ। घरबाहिर जाँदा माक्स लगाउनुपर्छ । मानिससँगको दुरी २ मिटर कायम गर्नुपर्छ ।