Logo

Student Corner

प्रकृति

Written by: Himani Bhattarai - 2023017, Grade IX

Posted on: 02 November, 2020

हिमालको काखमा हाँसेको छ त्यो वन
प्रकृतिको काखमा बसी रमाउँछ यो मन ।

सिरीसिरी हावा चल्दा उड्ने मेरो तन 
प्रकृतिको दृश्य हेरी छक्कै प-याे  मन ।

कुहूकुहू कोइली चरी कराउँछ वनमा
चरीसँगै रमाऊँ जस्तो लाग्यो मेरो मनमा ।

भुरुरुरु चरी जस्तै उड्न मन लाग्यो
प्रकृतिको सुन्दर दृश्य छुन मन लाग्यो ।

उकालीको पारिपट्टी रमाइलाे वन 
गन्तव्यको खोजीमा रमाउने यो मन ।