Logo

Student Corner

हलेशी महादेव

Written by: Aarjan Khada - 2028003, Grade IV

Posted on: 02 November, 2020

हलेशी महादेव नेपालको खोटाङ जिल्लामा रहेकाे  छ जसलाई हलेसी-मराटिका-गुफाहरू पनि भनेर चिनिन्छ। हलेशी महादेव नेपालको प्रसिद्ध मन्दिर मध्ये एक हो। यो मन्दिर प्राकृतिक रूपमा निर्माण गरिएको छ। यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ। यो मन्दिर हिन्दु र बौद्धहरूको पवित्र तीर्थस्थल हो।

हलेसी महादेव शिवसँग सम्बन्धित मन्दिर हो। यो विश्वास गरिन्छ कि मन्दिरभित्र, हलेसी गुफा बास बस्नकाे लागि प्रयोग गरिएको थियो। यस गुफाको स्थान दुधकोसी र सुनकोसीजस्ता  पवित्र नदीहरूकाे बिचमा छ। यस गुफामा विभिन्न समारोह र उत्सवको आयोजना  गरिन्छ । 

महाशिवरात्रि, चतुर्थी आदि  विशेष अवसरमा विभिन्न मेला लाग्छ । 

यो एक प्रसिद्ध पर्यटनस्थल  हो। यसको प्रवेशद्वार आधा चन्द्रमाको आकारको छ र पूर्वतिर फर्किएको छ। यस ठाउँको मौसम चिसो छ। यस मन्दिर र गुफामा मानिसहरू प्राकृतिक सौन्दर्यको पूजा र आनन्द लिन आउँछन्।