Logo

Student Corner

गन्तव्य

Written by: Sophia Shrestha - 2028038, Grade IV

Posted on: 01 November, 2020

गन्तव्य त गन्तव्य नै हो 
मेरो निर्दोष बुझाइमा
 तर रोँकिदैन  यात्रा
खुट्टाहरूले
 गर्न थाले शंका
 किनकी
 म एक
 कलिली बालिका ।

छाडेकी छैन अझै दुख गर्नलाई
अझै पनि
 कति गर्नु छ संघर्ष 
अगाडि  आउलान्
 घाम, पानी,हुरि, बतास, झरी अनि बाढी पहिरो
 तर पनि थाक्ने छैन मेरो हिँडाइ
 कुनै दिन भेटिएला कि मेरो गन्तव्य
  केबल मेराे गन्तव्य  ।