Logo

Student Corner

पृथ्वी नारायण शाह

Written by: Manasbhi Niroula - 2028017, Grade IV

Posted on: 20 October, 2020

पृथ्वीनारायण शाह गोरखाका राजा  नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो । उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी,. दौड आदिमा पनि उनी निपूर्ण थिए। यिनले स-साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरे। यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।  

नेपाल दुई ढुङ्गाबिचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।" इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिए। वि.सं. १८३१  माघ १ गते५२ वर्षको उमेरमा  ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम देवीघाटमा उनको मृत्यु भयो।