Logo

Student Corner

नेपाली साहित्य 

Written by: Sabin Shrestha - 2022017, Grade X

Posted on: 19 October, 2020

नेपाली साहित्यले नेपालभित्र र विश्वको कुनै पनि ठाउँमा नेपाली भाषामा लेखिएका साहित्यलाई जनाउँछ । नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भुटान, बर्मा वा नेपाल बाहिरका लाखौँको सङ्ख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको राज्यभाषा पनि हो। नेपाली भाषा संस्कृतबाट विकसित भएको हो । 

नेपाली साहित्यको इतिहास धेरै पुरानो छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य हुन् । भानुभक्तले संस्कृतको अध्यात्म रामायणलाई नेपालीमा अनुवाद गरे। भानुभक्तको रामायण नै  नेपाली साहित्यको पहिलो महाकाव्य हो। भानुभक्त आचार्यपछि नेपाली साहित्यमा धेरै साहित्यकारहरूको उदय भयो । भानुभक्त आचार्यपछि मोतीराम भट्टले नेपाली साहित्यमा योगदान दिए । मोतीराम  भट्टले भानुभक्तका रचनाहरू खोजी गरी प्रकाशित गर्ने काम गरे भने नेपाली भाषामा गजल लेखनको सुरूवात गरे । त्यसपछि कवि शिरोमणि लेखनाथ पौड्यालले थुप्रै कविता लेखे। लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यलाई हराभरा बनाउने काम गरे। देवकोटाले आधा दर्जन महाकाव्य,एक दर्जन खण्डकाव्य, थुप्रै फुटकर कविता रचना गरेर नेपाली साहित्यलाई  थप उचाइमा पुराउने काम गरे  र नेपाली साहित्यका  महाकवि बने।  यसैगरी सिद्धिचरण श्रेष्ठ,बालकृष्ण सम,गोपालप्रसाद रिमाल, रुद्रराज पाण्डे, लीलबहादुर क्षेत्री, विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, पारिजात, माधवप्रसाद घिमिरेलगायतका नेपाली साहित्यकारहरूले  कविता, कथा, निबन्ध, उपन्यास, नाटक लेखेर नेपाली साहित्यलाई समृद्ध बनाए। 

नेपाली साहित्य अहिले नेपालबाहिर अमेरिका, बेलायत, अस्ट्रेलियालगायत थुप्रै देशमा बस्ने नेपालीहरूले लेख्दै र पढ्दै आइरहेका छन्। अहिले नेपाली साहित्य  समृद्ध बन्दै गइरहेको छ।  मलाई पनि नेपाली साहित्य मनपर्छ। साहित्यको मलाई मन पर्ने विधा भनेको कथा हो। कथा भनेको बालक, युवादेखि वृद्धवृद्धासम्म सबैलाई मनपर्छ। कथा पढ्न र बुझ्न सजिलो हुन्छ। कथामा कल्पनाशक्ति हुन्छ । यसले मानिसलाई मनोरञ्जन दिन्छ। 

सन्दर्भ सामग्री :

  • नेपाली साहित्य विकिपिडिया