Logo

Student Corner

हामी

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 18 October, 2020

सँगसँगै पढ्थ्यौँ, हामी,राम्रो कुरा सिक्थ्यौँ।

कहिलेकाँही लड्थ्यौँ, हामी धेरै धेरै मिल्थ्यौँ।।

 

गुरुसँग हाँसी मजाक पनि हामी गर्थ्यौँ।

धेरै कुरा सिक्थ्याैँ, हामी मिलिजुली बस्थ्याैँ।।

 

खाना खाने बेला हामी क्यान्टिनतिर जान्थ्यौँ।

सबै साथी मिली हामी बाँडीचुँडी खान्थ्यौं।।

 

खेल्ने बेला खेल्थ्यौं हामी पढ्ने बेला पढ्थ्यौँ ।

टेबल टेनिस, बास्केटबल मिलिजुली खेल्थ्यौँ ।।

 

मन्दिर जस्तो विद्यालय, ईश्वर जस्ता गुरु।

आज मलाई याद आउँछ मेरा साथीहरू । ।