Logo

Student Corner

सामाजिक सञ्जाल 

Written by: Manip Maharjan - 2022009, Grade X

Posted on: 15 October, 2020

सामाजिक सञ्जाल भनेको के हो त ? सामाजिक सञ्जाल भनेको एक कम्प्युटर प्रविधि   हो ; जसमा हामीले आफ्ना विचारहरू  राख्न सक्छौँ  र आफ्ना विचारहरू अरूसमक्ष पुराउन सक्छौँ । सामाजिक सञ्जाल मनोरञ्जनको साधन पनि हो । सामाजिक सञ्जालले मानिसको जीवनमा सकारात्मक र नकारात्मक दुवै खाले प्रभाव पार्दै आइरहेको छ । सामाजिक सञ्जाल यस्तो माध्यम हो जसले आफ्ना भावना र विचार सबैसँग बाँड्न सहयोग गर्छ। यसैको सहयोगले हामीले हाम्रा भावना तथा अनुभव सबैसँग बाँड्न सक्छौँ ।

 सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जन मात्र दिँदैन यसको सहयोगले हामीले  धेरै काम पनि गर्न सक्छौँ ।  जस्तै :- व्यापार , विज्ञापन आदि । सामाजिक सञ्जालका राम्रा पक्षसँगै नराम्रा  पक्षहरू पनि छन् । सामाजिक सञ्जालकै कारण धेरै मानिसहरू मानसिक रोगी भएका छन् । मानिसको स्वास्थ्य बिग्रेको छ । त्यति मात्र होइन ; कतिपय मानिसहरू यसको लतमा पर्नाले आफ्नो अमूल्य समयसमेत  बर्बाद गरिरहेका छन् । 

सामाजिक सञ्जालका  राम्रा  पक्षहरू -: 

सामाजिक सञ्जालबाट व्यापार, व्यवसाय गर्न सक्छौँ । आफूबाट टाढा रहेका घरपरिवार, आफन्त , इष्टमित्र ,साथीभाइ तथा अन्य शुभचिन्तकसँग कुराकानी गर्न सक्छौँ । खबर आदानप्रदान गर्न सक्छौँ । जसले  गर्दा टाढा टाढा रहेका सबैलाई नजिक ल्याउने काम गर्दछ । सामाजिक सञ्चालले धेरै मानिसहरूलाई काम पनि दिएको छ। कसैले यसैको उपयोगले आफ्नो दैनिकीसमेत चलाइरहेका छन् । 

सामाजिक सञ्जालका  नराम्रा पक्षहरू -: 

मानिसले  लामो समयसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । कतिपय अवस्थामा आफ्ना महत्त्वपूर्ण काम थाती राखेर यसमै समय व्यतीत गर्दा समयको सही सदुपयोग हुँदैन । यो एक किसिमको नशालु पदार्थ जस्तै हो।  यसको लतमा परेपछि हत्तपत्त उम्किन सकिदैँन । यसकै कारण कतिपय युवायुवतीहरूले  बनावटी प्रेम सम्बन्धका कारण ज्यान पनि गुमाएका छन् । 

यसर्थ हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष भए जस्तै सामाजिक सञ्जालका  पनि सकारात्मक र नकारात्मक पक्ष छन् । सामाजिक सञ्जालका उपयोगी कुराहरूलाई ग्रहण गर्दै समयअनुसार यसको उपयोग गर्न सक्नु नै आजको आवश्यकता र समयको माग पनि हो।