Logo

Student Corner

वनभोज कार्यक्रमको बारेमा साथीलाई चिठी

Written by: Sanskriti Singh Thakuri - 2025015, Grade VII

Posted on: 15 October, 2020

                                                                                                                                   सिफल, काठमाडौं                                                                                                                                                               ७ असोज २०७७ 

प्यारी साथी सुस्मिता, सुमधुर सम्झना ।

यहाँ म लगायत सबैजना सञ्चै छौँ  र त्यहाँ पनि सबै आरामै हुनुहाेला भन्ने कामना गर्दछु ।  लामो समय भयो हामीले एक अर्कालाई चिठी लेखेका छैनौँ । फाेनमा कुरा गर्दा त्यति लामाे कुरा नहुने र मनमा लागेका सबै कुरा पूरा गर्न नपाइने हुँदा पत्र काेर्दै छु । आज म परिवारले आयाेजना गरेकाे वनभाेज कार्यक्रममा गएकाे र त्यहाँ बिताएका रमाइला पलहरूकाे वर्णन गर्दै छु ।   सुस्मिता,  २०७६ फागुन ७ का दिनमा हामी आफ्ना नातेदार सहित ४० जनाकाे समूहमा वनभाेज गएका थियाैँ ।  वनभाेजस्थल प्राकृतिक दृष्टिले सुन्दर स्थल नगरकाेट ताेकिएकाे थियाे ।   अघिल्लाे दिनमा नै हामीले वनभाेजका लागि चाहिने सामान किनिसकेका थियाैँ र बाबा र काकाले  गाडीकाे व्यवस्था पनि गरिसक्नुभएकाे रहेछ ।   बिहानकाे ७ बजे  सबैजना जयवागेश्वरी चाेकमा भेला भयाैँ र नगरकाेटका लागि प्रस्थान गर्‍याैँ ।  गाडीमा  गाउँदै, नाच्दै, रमाइलाे गर्दै करिब ८ः३० मा हामी नगरकाेटमा पुग्याैँ । त्यहाँ पुग्दा हामीलाई भाेक लागिसकेकाे कारणले बिहानकाे खाजा खायाैँ  र त्यहाँकाे रमणीय स्थलकाे अवलाेकन गर्न निस्कियाैँ ।  

त्यहाँबाट देखिने सगरमाथाकाे हिमाली दृश्य र हरिया वनजङ्गलकाे दृश्यले हामीलाई स्वर्गीय आभाष भएकाे थियाे । हाम्रा  अभिभावकले हामीलाई त्यहाँ रहेका रमणीय स्थलकाे अवलाेकन गराउनुभयाे र  हामीलाई धेरै कुरा सिकाउनुभयाे । मैले त्यहाँकाे रमणीय स्थलहरूकाे वर्णन  शब्दहरूमा  व्यक्त गर्न सक्दिनँ ।  केही समय घुमेर फर्किएपश्चात हामीले मिठा मिठा परिकारहरू खायाैँ । सबैजना भेला भएर गीत गायाैँ र रमाइला गीतहरू बजाएर नाच्याैँ । रमाइलाे गर्दागर्दै समय बितेकाे पत्तै भएनछ । घामका किरणहरूले डाँडा काट्न लागेका रहेछन् ।  त्यसपछि हामीले सूर्यास्त पनि हेर्ने मौका पायाैँ ।  यसले  एकदम  रमाइलाे अद्भुति गराएकाे थियाे  । तिमी पनि त्यहाँ भएकाे भए अझै कति रमाइलाे हुन्थ्याे हाेला भनी मैले त्यतिबेला तिमीलाई सम्झेकी थिएँ ।   केही समय सुर्यास्तकाे सुन्दर दृश्यावलाेकन गरिसकेपछि सबैजना मिलेर सामान ठिक पार्‍याैँ र  गाडीमा लग्याैँ । त्यसपछि सबैजना गाडीमा बस्याैँ र गीत गाउँदै रमाइलाे गर्दै फर्कियाैँ ।  

लेख्दादेख्दै चिठी पनि लामाे भइसकेछ । तिमी पनि यस्तै रमाइलाे ठाउँमा घुमेकाे भए पत्रमा लेखेर पठाउनेछाैँ  भन्ने आशा गरेकी छु । अहिलेलाई बिदा चाहन्छु ।                                                                                                           तिमीलाई हरपल सम्झिरहने                                                                                                                                                 संस्कृति ठकुरी