Logo

Student Corner

मेरो विद्यालय 

Written by: Himamsu Bal - 2030013, Grade II

Posted on: 15 October, 2020

मेरो विद्यालयको नाम सिफल सेकेन्डरी स्कुल हाे । यहाँकाे वातावरण सुन्दर र हराभरा छ । मेरो विद्यालयकाे भवन ठुलो छ र बलियो पनि छ । मेरो विद्यालयमा ठुलो खेल्ने मैदान छ । मेरो  विद्यालयमा पाँचवटा भवनहरू छन् । यहाँ खानेपानी र शौचालयको धेरै राम्रो व्यवस्था छ । यहाँ चमेना गृह छ। पुस्तकालय,  कम्प्युटर प्रयोगशाला पनि छ । मेरो विद्यालयमा सबै किसिमका सुविधाहरू उपलब्ध छन् । मेरो विद्यालयमा धेरै शिक्षक र शिक्षिकाहरू मायालु र सहयोगी हुनुहुन्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।