Logo

Student Corner

मेरो देश 

Written by: Erish Thapa - 2028012, Grade IV

Posted on: 14 October, 2020

मेरो देशको नाम नेपाल हो। यो मेरो मातृभूमि हो ।यसकाे क्षेत्रफल १४७ , १८१ वर्ग किलोमिटर छ ।  हाम्रो देश नेपालको राष्ट्रिय  पोसाक दौरा सुरुवाल  र गुन्युचोली हो । हाम्रो देश नेपालमा विश्वको अग्लो हिमाल छ र  यसको नाम सगरमाथा हो।  हाम्रो देश नेपाल विभिन्न जात, धर्म,  र भेषभूषाले सजिएकाे छ।  हाम्रो देश नेपालमा धेरै नदी,नाला, ताल , र हरिया डाँडाहरू सेता हिमालहरू रहेका छन् । हाम्रो देश  नेपालमा धेरै  वीरहरू जन्मनुभएको थियाे । मेरो देशमा धेरै मन्दिरहरू छन्। जस्तैः पशुपतिनाथ, बौद्ध, स्वयम्भूनाथ,  कृष्णमन्दिर आदि ।  हाम्रो देश नेपाल हिन्दू राष्ट्र हो। हामी विभिन्न चाड पर्व मनाउछाैँ । हाम्रो देश नेपालमा विभिन्न थरीका जातिहरू  र धर्म मान्ने मानिसहरू भएकोले उनीहरूले  आफ्नो जात र धर्मअनुसार चाडपर्व माउँछन् । जस्तैः नेवारहरूले गाईजात्रा, थारूहरूले  माघी, शेर्पाहरूले लोसार आदि। हाम्रो  देश नेपालका मुख्य पर्व  दसैँ र तिहार  हुन् । विभिन्न मौलिक संस्कृति भएको देशमा जन्मिएकोमा मलाई गर्व लाग्छ।