Logo

Student Corner

मेरो बाबा

Written by: Radharani Sen - 2030028, Grade II

Posted on: 14 October, 2020

मेरो बाबाको नाम रामजी हो । उहाँ अहिले  ३५ वर्षको हुनुभयो । उहाँ बहिनी र मसँग खेल्नुहुन्छ । मेरो बाबाले मेरी आमालाई पनि भान्सामा सहयोग गर्नुहुन्छ । मेरो बाबाले हामीलाई धेरै माया गर्नुहुन्छ । उहाँले मलाई गृहकार्य गर्न पनि सहयोग गर्नुहुन्छ ।  मेरो बाबा मसँग कहिल्यै रिसाउनु हुन्न । मेरो बाबाले मलाई विभिन्न किसिमका रोचक बाल विषयवस्तुसँग सम्बन्धित पुस्तकहरू ल्याइदिनुहुन्छ । बाबाले मलाई बिदाको दिन घुमाउन लैजानुहुन्छ खानेकुरा किनिदिनुहुन्छ म पनि मेराे बाबालाई धेरै माया गर्छु ।