Logo

Student Corner

सिन्धुपाल्चोकको पहिरो

Written by: Anushree Acharya - 2027003, Grade V

Posted on: 13 October, 2020

सिन्धुपाल्चोक नेपालको एक जिल्ला हो । यस वर्ष सिन्धुपाल्चाेक जिल्ला प्राकृतिक प्रकोपले अति ग्रस्त जिल्ला हुन पुगेको छ । सिन्धुपाल्चोकमा पहिरो गएर धनजनको क्षति भएको छ । पहिरो गएर धेरै वृद्ध, प्राैढ र  बालबालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा मानिसहरूलाई बाँच्न पनि गाह्राे भइरहेको छ । मानिसहरूलाई खैतीपाती गर्न पनि गाह्राे भइरहेको छ । कसैले खेती पाती गर्न सफल भए पनि बाढीलै बगाउने डर रहेको छ ।

सिन्धुपाल्चोक जिल्लाले आफैँमा ऐतिहासिक महत्त्व बाेकेको छ । यस्ताे रमणीय र हरियालीपूर्ण  जिल्लामा अहिलेको यो प्रकोप हेर्दा प्राकृतिक प्रकोप भन्दा पनि दैवि प्रकोप भएकोजस्तो आभाष हुन्छ । सरकारले क्षणिक रुपमा राहतका केही कार्यक्रमहरू त्यहाँ पुर्‍याए पनि याे दीर्घकालीन उपाय भने होइन । त्यहाँका नागरिकहरूलाई सुरक्षित तरिकाले ढुक्क भएर बाँच्न पाउनु अधिकारको सुनिश्चित गर्नु राज्यकाे दायित्व हो ।

२०७७ साललाई मात्र हेर्दा सिन्धुपाल्चाेक जिल्लामा दुई पटक ठुलाे रुपले बाढी पहिरो गएको छ । प्रथम पटकको पहिरोमा २३ वटा घरहरू पुरिएका थिए भने ५० जनाभन्दा बढी मानिसहरूको माटोभित्र पुरिएर मृत्यु भएको थियो । गाईवस्तु बाख्रा त कति पुरिए भन्ने यकिन भएको छैन । खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाटो घाटो समेत पहिरोले छोपेर सुचारु हुन सकेन । यो पहिरो सिन्धुपाल्चोकको लिदी भन्ने ठाउँमा गएको थियो लिदीबासीहरूअहिलेपनि पहिरोको पीडामा छन् ।

लिदीमा गएको पहिरोको पीडा नसकिँदै सिन्धुपाल्चोक जिल्लाकै बाह्रबिसे नजिकै फेरि पहिरोले उग्र रुप लियो ।तेह्र वटा घरहरू पुरिए । दर्जनौँ मानिसहरूको मृत्यु भयो । सयौँ मानिसहरू घरवारविहिन र परिवारविहिन भएका छन् । अन्य धन सम्पत्ति, पशुपंक्षी र अन्य गाईवस्तुहरू कति मरै भन्ने लेखाजोखा नै भएको छैन ।

दैवी प्रकोपबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा वर्षेनी ठुलाे जनधनको क्षति हुने गरेको छ । यसले गर्दा धैरै मानिसहरूलाई गरिबीकौ रेखामुनि धकेलेको छ । यसबाट छुटकारा पाउनको लागि सरकारले क्षतिपुर्ती दिनुभन्दा पनि अन्य दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने साथै अन्य सम्बन्धित निकायले पनि ध्यान दिनु पर्ने दैखिन्छ ।