Logo

Student Corner

चराहरू

Written by: Sirius Sirish - 2030041, Grade II

Posted on: 13 October, 2020

चराहरू धेरै राम्रा राम्रा हुन्छन् । चराहरू थरी थरीका रङमा हुन्छन् । हाम्रो घरबाट धेरै थरीका चराहरु देखिन्छन् । कहिलेकाहीँ चराहरू हाम्रो बगैँचामा पनि आउँछन् । मैले धेरै थरीका चराहरू देखेकाे छु । चराहरू आकाशमा उड्न मन पराउँछन् । कुनै चराहरू साना हुन्छन् भने कुनै चराहरू ठूला पनि हुन्छन् । भँगेरा सानो चरा हो । मैले  काग,  सुगा,  परेवा आदि जस्ता धेरै चराहरू देखेको छु । चराहरूले चाराे खान्छन् । चराहरू गुँड बनाएर बस्छन् । चराहरूका बच्चाहरू पनि हुन्छन् । मलाई चरा धेरै मन पर्छ ।