Logo

Student Corner

बुद्धजयन्ती 

Written by: Pranjal Khatiwada - 2022013, Grade X

Posted on: 12 October, 2020

विश्वभर शान्तिको सन्देश छर्ने गौतम बुद्ध जन्मेको ज्ञान प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमालाई  बुद्धजयन्तीको रूपमा मनाइन्छ। यसदिन नेपाललगायत विश्वका धर्मावलम्बीहरूले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । यो पर्व विश्वभरिकै बौद्ध धर्मावलम्बीहरूका लागि ठुलो चाड हो।  विक्रम सम्वत् सुरू हुनुन्भदा ५०५ वर्ष पहिलेआजभन्दा २६ सय वर्ष पहिले वैशाख पूर्णिमाको दिन पिता शुद्धोदन र माता मायादेवीका पुत्र सिद्धार्थ गौतमको जन्म कपिलवस्तुमा भएको थियो । ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरी सिद्धार्थ गौतमबाट बुद्ध भैसकेका थिए। २९ वर्षको उमेर संसारलाई नै मुक्ति दिने उद्देश्य लिई उनले राजदरबार त्याग गरेका थिए । राजदरबार त्याग गरेको दिन पनि वैशाख पूर्णिमाकै दिन थियो। उनलाई  ज्ञान प्राप्ति पनि पूर्णिमाकै दिन भयो ।  उनले आफ्नो बाँकी जीवन आफूले प्राप्त गरेको ज्ञान प्रचार गरे । उनले ८१ वर्षको उमेरमा भारतको कुशीनगरमा मोक्ष प्राप्त गरे ।  यो दिन पनि वैशाख पूर्णिमा कै दिन थियो।  

वैशाख पूर्णिमाका दिन बुद्धको जन्मस्थल  लुम्विनीमा ठुलो समारोह हुन्छ। बौद्ध धर्मावलम्बीहरूले बुद्धको प्रतिमालाई खटमा राखेर बाजागाजासहित रथयात्रा गर्दै लुम्विनी  वरिपरि गराउने चलन छ । काठमाडौँको स्वयम्भू तथा बौद्धमा निकै उत्साहका साथ बुद्ध जयन्ती मनाइन्छ । ललितपुरमा हिरण्यवर्ण महाविहारबाट विशेष रूपमा सिँगारपटार  गरिएको खटमा बुद्धको मूर्ति राखी नगर परिक्रमा  गर्ने परम्परा छ । यो दिनमा विश्वभरका बौद्धधर्मावलम्बीहरूले बडो उल्लासका साथ यो पर्व मनाउँछन् । बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारको रूप भएको अनेक पुराणहरूमा वर्णन गरिएको छ ।  

वैशाख पूर्णिमामा बुद्धको जन्मस्थान लुम्विनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रचार सुरू गरेको स्थान ऋषिपतन र कुसिनगरमा ठुलो मेला लाग्दछ।  हिन्दुहरूका चार धाम बद्रीनाथ, रामेश्वरम्, द्वारिका र जगन्नाथ जस्ता पवित्र तीर्थस्थल र अरू स्थानहरूमा वैशाख पूर्णिमाका दिन बुद्धजयन्ती  धुमधामका साथ मनाउँछन्। 

बुद्धजयन्ती  समारोह समिति र स्वयम्भू विकास मण्डललेसमेत बुद्धजयन्ती  समारोह उत्सवमा भाग लिई स्वम्भू ज्योति धर्मधातु चैत्य रहेको स्थानलाईसमेत सजाई लगातार तीन वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरलगायत अन्य स्थानमा रहेका देवताहरू, पौभा भित्तेचित्रहरूको प्रदर्शन परम्परा र विधिविधानपूर्वक पूजापाठ गरी बुद्धजयन्ती  समारोह मनाउने गरेका छन्,  भगवान्  बुद्धको जयन्ती  मनाउनुको अर्थ राष्ट्रिको गौरव  बढाउनु पनि हो।  

 

सन्दर्भ सामग्री :  

१. नेपालका चाडपर्वहरू, विकिपिडिया