Logo

Student Corner

मेरी आमा

Written by: Sauravi Thapa - 2028034, Grade IV

Posted on: 12 October, 2020

 मेरी आमा मलाई धेरै माया गर्नुहुन्छ । उहाँलाई सधै साँचो बोलेको मनपर्छ । त्यसैले मेरी आमाले मलाई सधैँ साँचो बोल्ने मान्छेले राम्रो काम गर्छ र जीवनमा प्रगति पनि गर्छ भनेर सम्झाउनुहुन्छ ।  मेरी आमाले मलाई  बिदाका दिनमा  घुमाउनुहुन्छ । मलाई राम्रा राम्रा लुगा किनिदिने र मिठा परिकारहरू बनाएर खुवाउने  मेरी आमा महान हुनुहुन्छ ।  मेरी आमाले मानिसले कुनै पनि काम गर्दा आउँदैन भनेर पछाडि हट्नुभन्दा पनि हरेक काममा सरिक भएर  अगाडि बढेमा प्रगति गर्न सकिन्छ भनेर सम्झाउनुहुन्छ ।  मानिसले नयाँ काम गर्दा केही समय असफल भए पनि प्रयास गर्दै जाँदा अवश्य पनि सफल हुन सकिन्छ भनेर स्मरण गराउनुहुन्छ ।  म मेरी आमाका हरेक काममा लगनशीलता पाउँछु ।  जब म  बिरामी हुन्छु तब मेरी आमा रातभर  नसुतेर मेरै छेउमा बस्नुहुन्छ अनि खाना खाँदा पनि हामीले सबै खाना खानु हाम्रो स्वास्थ्यको लागि  आवश्यक छ त्यसैले सबै किसिमका तरकारी फलफूल खाने बानी गर्नुपर्छ भनेर सम्झाउनुहुन्छ र  मलाई खुवाउनुहुन्छ । मेरी आमाले मलाई सधै असल काम गर्नुपर्छ र असल मान्छे बन्नुपर्छ भनेर प्रेरणा  दिनुहुन्छ  । त्यसैले मलाई सधैँ आमाकै नजिक बसेर आमाकै कुरा सुन्न मन पर्छ ।  मेरी आमाले परिवारका सबै सदस्यलाई उत्तिकै माया दिनुहुन्छ । त्यसैले म मेरी आमालाई सधैँ सम्मान गर्छु र सुखदुखमा साथ दिन्छु ।