आमा
Written by:
Yug Shrestha - 33034, Grade IV
Posted on:
25 October, 2024
आमा तपाईँ कति प्रिय
सधैँ माया गर्ने
जस्तोसुकै दुःख लुकाएर
हाँसी हाँसी बस्ने
जुनै गल्तीमा छाेराछाेरीकाे
माफी दिन सक्ने
कहिले चित्त नदुखाई
साथ दिन सक्ने
जति ठुलो हुँदै गएँ
झन् कुरा बुझेँ
यस्ती आमा भगवान नभई
काे हुन सक्ने ?