Logo

Student Corner

स्थलगत भ्रमण

Written by: Shreenav Bohara - 35024, Grade II

Posted on: 04 October, 2024

हामी भदौ २६ गते स्थलगत भ्रमणमा गएका थियौँ। हामी कक्षा दुईका विद्यार्थीहरू ज्यापु प्रज्ञा भवन ललितपुरमा गयौँ । त्यहाँ मलाई एकदमै रमाइलो लाग्यो । मैले धेरै किसिमका मूर्तिहरू देखेँ । त्यहाँ धेरै प्रकारका चित्रकलाहरू पनि थिए । मैले पुराना बाजाहरू मादल, तबला, सारङ्गी आदि देखेँ । सबै कुराहरू हेरिसकेपछि हामी बेलुका स्कुल फर्कियौँ । त्यस दिन हामीलाई धेरै मज्जा भयाे ।