Logo

Student Corner

मेरो जन्मदिन

Written by: Abhinya Ghimire - 34042, Grade III

Posted on: 01 October, 2024

मेरो जन्म २०७३ सालको श्रावण महिनाको ११ गते सोमबार ठुलो एकादशीको दिन काठमाडौँको मोडेल अस्पतालमा भएको थियो। त्यसैले यो वर्ष २०८० सालको श्रावण ११ गते मेरो जन्मदिन मनाइएको थियो । जन्मदिन मनाउने सन्दर्भमा म त्यस दिन बिहान ६ बजे उठेर हातमुख धोएर रातो कपडा लगाई मैतीदेवी मन्दिरमा गएर दर्शन गरेँ । अनि बत्ती बालेँ । परेवालाई चारो दिएर फोटो खिची घरमा आएर स्कुल गएँ। स्कुलबाट फर्किँदा मेरो घरमा जन्मदिन मनाउन पाहुना र साथीहरू आइसक्नुभएको रहेछ । बुबाले बेलुन मैनबत्ती र केक ल्याउनुभएको रहेछ । हामी सबैजना रमाइलो गर्दै साँझ ७ बजेतिर केक काटेर सबैजनालाई केक बाँडेर खाएर जन्मदिन मनायौँ ।