Logo

Student Corner

मेरी आमा

Written by: Khushi Rani Dahal - 35011, Grade II

Posted on: 30 September, 2024

मेरी आमाको नाम बिमला दाहाल हो । उहाँ ३५ वर्षकी हुनुभयो । मेरी आमा संसारकै सबैभन्दा राम्री आमा हुनुहुन्छ । उहाँले आफ्नो परिवारलाई धेरै माया र हेरचाह गर्नुहुन्छ । उहाँले एकदमै स्वादिष्ट भोजन बनाउनुहुन्छ । उहाँले पकाएका खाना खाएपछि सबैजनाले औँला चाट्दै तारिफ गर्नुहुन्छ । मेरी आमालाई बोटबिरुवा रोप्न रमाइलो लाग्छ । त्यसैले उहाँले सानो बगैँचा बनाउनुभएको छ । मेरी आमाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि मेरी आमालाई धेरै माया गर्छु ।