Logo

Student Corner

दसैँको बिदा

Written by: Aarogya Ghimire - 34004, Grade III

Posted on: 27 September, 2024

दसैँको बिदा सुरु भएपछि म, बुबा, आमा, काका र काकी इलाम घुम्न गयौँ । इलामको श्रीअन्तु र कन्याम गयौँ । श्रीअन्तुको पोखरीमा डुङ्गा चढ्यौँ र फोटो पनि खिच्यौँ । अर्को दिन बिहानै उदाउँदो सूर्य हेर्न श्री अन्तु डाँडा गयौँ । त्यहाँबाट उदाएको सूर्य हेर्दा धेरै राम्रो देखिन्छ। त्यहाँ धेरै मानिसहरू जम्मा भएका थिए। त्यसपछि हामी इलाम बजार आएर खुवा, चकलेट र चियापत्ती किन्यौँ । त्यसपछि हामी कर्णदेवी मन्दिर घुम्न गयौँ । इलाममा तामाङ लुगा लगाएर चिया बगान गयौँ । चियाको पात टिप्यौँ र फोटो खिच्यौँ । काकाले घोडा चढ्नुभयो तर मैले चढिनँ । चारैतिर चियाको बगान भएकोले इलाम धेरै राम्रो रहेछ । मलाई इलाम  घुम्दा धेरै रमाइलो लाग्यो ।