Logo

Student Corner

मलाई मन पर्ने खेल 

Written by: Dip Rajbahak - 2022008, Grade X

Posted on: 07 October, 2020

खेल खेल्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । वास्तवमा कुनै पनि खेल सजिलो हुँदैन मलाई मन पर्ने खेल भनेको कराँते   हो l मैले कराँते   सिकेको झन्डै ५ वर्ष पूरा हुन थाल्यो l कराँते मा मैले धेरै उपलब्धी हात पारेँ  l हरेक खेलमा  आफ्नो  पूरा ध्यान र प्रयास राखेर मात्रै सफलता पाउन सकिन्छ l 

कराँते  एउटा यस्तो खेल हो; जुन चाहिँ आफ्नो आत्मरक्षाका धेरै उपयोगी हुन्छ । मलाई कराँते  खेल मन पर्नुको  कारण आत्मरक्षा गर्न सक्नु हो। हुनत कुनै पनि खेल सबैलाई मन पर्छ भन्ने हुँदैन।  मलाई पनि सुरूमा यो खेल मन परेको थिएन । बिहान ५ बजे उठनु पर्ने, कराँते को पोसाक लगाउनु पर्ने अनि चिसो बेलामा  प्रशिक्षण गर्नुपर्ने कारण मलाई निकै अफ्ठ्यारो लाग्थ्यो । खेल मैदानमा १, २ दिन गएपछि मलाई जान मन लागेको थिएन।  जसो तसो गरेर २ हप्ता बित्यो तब मलाई पनि अलि रमाइलो लाग्न थाल्यो ।  अनि मैले पनि  अलि ध्यान  दिन थालेँ l मेरो निरन्तरको मिहिनेत, लगाव,मेहेनत र धैर्यले गर्दा नै आज म यहाँसम्म आएको छु। मैले कराँते  खेलमा कालोपेटी पाएको छु । मैले राष्ट्रिय र अन्तरराष्ट्रिय खेलको पनि अनुभव बटुलेको छु। एसियाली छात्र सैनिक प्रतियोगितामा मैले आफ्नो देशको लागि स्वर्णपदक दिलाएको छु l 

विभिन्न खेलहरूमा कुनैमा हात मात्रै चलाउनु पर्छ भने कुनैमा खुट्टा मात्रै । कराँते  खेलमा हात र खुट्टा दुवै चलाउनुपर्छ । हात र खुट्टा दुवै चलाउनु पर्ने हुनाले यसमा शारीरिक व्यायाम प्रशस्त हुन्छ । अहिलेको समयमा धेरै मानिसहरू मोबाइल ,कम्प्युटर जस्ता उपकरणमा भुलेका छन् । यस्ता उपकरणमा समयमा बिताउनुभन्दा खेल खेल्नाले हाम्रो स्वास्थ्य धेरै राम्रो हुन्छ।