Logo

Student Corner

ऋतु 

Written by: Suprabh Acharya - 2026022, Grade VI

Posted on: 07 October, 2020

ऋतु भन्नाले वर्षभरिमा हुने विभिन्न किसिमका मौसमलाई बुझाउँछ । नेपालमा ऋतुहरू छ किसिमका  छन् । तिनीहरू हुन् वसन्त ऋतु, गृष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु, हेमन्त ऋतु र शिशिर ऋतु । चैत्र र वैशाख महिनालाई वसन्त ऋतु भनिन्छ । जेष्ठ र असारलाई गृष्म ऋतु भनिन्छ । त्यसै गरी साउन र भदौलाई वर्षा ऋतु, असोज र कार्तिकलाई शरद ऋतु, मङ्सिर र पुसलाई हेमन्त ऋतु  र माघ र फागुनलाई शिशिर ऋतु भनिन्छ । 

यी छ वटा ऋतुहरूमा वसन्त ऋतुलाई ऋतुहरूको राजा भन्ने गरिन्छ । यो समयमा रुखहरूमा नँया पात पलाउँछ, हरियाली हुन्छ र हावा चल्छ । यो समयमा न जाडो न त गर्मी नै हुन्छ । गृष्म ऋतुमा धेरै गर्मी हुन्छ । जेठ र असार यो समयमा पर्ने भएकाले किसानहरूले खेती लगाउने गर्दछन् । वर्षा ऋतुमा पानी पर्ने गर्दछ । यो समयमा किसानहरूले लगाएको खेतीका लागि पानीले धेरै फाइदा पुर्‍याउँछ । नेपालमा यो समयमा बाढी पहिरो जाने र डुबान हुने गर्दछ । शरद ऋतुमा नेपालका महान चाड दसैँ र तिहार पर्दछन् । यो समयलाई चाडपर्वको समयका रूपमा पनि चिन्ने गरिन्छ । शरद ऋतुपछि हेमन्त ऋतु आउँछ । यस ऋतुमा जाडो पनि सुरु हुन्छ । किसानले यो समयमा आफूले लगाएको खेती भित्र्याउँछन् । शिशिर ऋतुमा नेपालमा जाडो हुन्छ । हिमाली भेगमा हिउँ पनि पर्दछ । यो समयमा मानिसहरू धेरैजसो घरमा नै बस्दछन् । मलाई भने शिशिर र वसन्त ऋतु धेरै मन पर्छ । 

विशेष गरी समय र समयको मौसममा देखिने विशेषताका रूपमा  ऋतुहरूलाई चिनिएको छ र सोही आधारमा विभाजन गरिएको छ ।  ऋतुहरूकै कारणले प्रकृतिमा पनि फरक-फरक किसिमका रूपहरू देख्न सकिन्छ ।   वसन्त ऋतुमा पालुवाहरू पलाउँछन् । गृष्म ऋतुमा हरियाली देख्न पाइन्छ ।  त्यसै गरी वर्षा ऋतुमा पानी आउँछ र किसानहरूले बालीनाली लगाउने काम गर्दछन् ।  शरद ऋतुमा प्रकृतिमा रङ्गीचङ्गी फूलहरू फुल्दछन् ।  हेमन्त र शिशिर ऋतुमा रूखका पातहरू झर्छन् मौसम पनि उराठलाग्दो हुन्छ । त्यसपछि पुनः वसन्त ऋतुको आरम्भ हुन्छ ।  यसरी समयचक्रमा ऋतुहरू पनि फेरबदल भइरहन्छन् ।