Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Prabal Dawadi - 2028024, Grade IV

Posted on: 06 October, 2020

हाम्रो वरिपरिको माटो, हावा पानी, प्राणी तथा वनस्पतिको सन्तुलित अवस्थालाई वातावरण भनिन्छ। प्रदूषण भनेको फोहोर वा असन्तुलन हो । सरल अर्थमा हाम्राे वरपरकाे वातावरण फोहोर हुनु र वातावरणीय अवस्था खल्बलिनुलाई वातावरण  प्रदूषण भनिन्छ। अहिले वातावरण प्रदूषण बढ्दै गइरहेको छ। वातावरण प्रदूषण विश्वव्यापी समस्या हो। 

वातावरण प्रदूषणभित्र जल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण, माटो प्रदूषण आदि पर्दछन् । मानिसहरूको क्रियाकलापले गर्दा नै वातावरण प्रदूषण हुन्छ । वनजङ्गल फडानी गर्नाले, जथाभावी फोहोर फाल्नाले, पूराना सवारी साधनहरू चलाउनाले आदि विभिन्न कारणले वातावरण प्रदूषण हुन्छ। वातावरण प्रदूषणले मानिसहरूको स्वास्थ्यमा नकरात्मक असर पर्छ। मानिसहरूलाई विभिन्न रोगहरू लाग्छन्। 

वातावरण प्रदूषण रोक्नका लागि वृक्षरोपण गर्नुपर्छ। जथाभावी फोहोर फाल्नुहुँदैन। वनजङ्गल फडानी गर्नुहुँदैन। पुराना सवारी साधन चलाउन रोक लगाउनुपर्छ। वातावरण सफा र स्वच्छ भएमा मात्र हामी निरोगी बन्न सक्छौँ। त्यसैले वातावरण सफा र स्वच्छ राख्नु नै हामी सबैको दायित्व हो।