Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Grehaa Shrestha - 35008, Grade II

Posted on: 11 September, 2024

मलाई मन पर्ने जनावर खरायो हो । मलाई खरायो घरमा पाल्न मन पर्छ । मलाई खरायोसँग खेल्न मन पर्छ। खरायो सेतो, खैरो, कालो, खरानी आदि रङका हुन्छन् । खरायो सानो हुँदा राम्रो र सफा हुन्छ । खरायोले गाजर र घाँस खान्छ । खरायो घर पालुवा जनावर हो । मेरो साथीको घरमा खरायो छ । खरायोले हामीलाई टोक्न पनि सक्छ।