Logo

Student Corner

मेरो कुकुर

Written by: Devanshi Bhattarai - 34046, Grade III

Posted on: 10 September, 2024

कुकुर संसारको सबैभन्दा इमान्दार, मिलनसार र भरपर्दो घरपालुवा जनावर हो। संसारमा सबैभन्दा बढी पालिने जनावर कुकुर नै हो। कुकुर मानिसको सुख दुःखको साथी हो। मेरो घरमा पनि एउटा कुकुर छ। ऊ पग्स प्रजातिको कुकुर हो। ऊ कालो रङको छ । उसको नाम पग्गु हो । उसलाई मासु पनि धेरै मन पर्छ । ऊ मसँग धेरै खुसी भएर उफ्री उफ्री खेल्छ। फुर्सदको समयमा ऊ मसँग बाहिर घुम्न पनि जान्छ। ऊ एकदमै आज्ञाकारी छ । ऊ मेरो घरको मिल्ने साथी हो । हाम्रो परिवारको सबैभन्दा सानो सदस्य हो । उसले हाम्रो घरको सुरक्षा पनि गर्छ। म आफ्नो कुकुरलाई धेरै माया र हेरचाह गर्छु।