Logo

Student Corner

खेलकुद 

Written by: Aayush Subedi - 2026004, Grade VI

Posted on: 05 October, 2020

खेल र कुद दुई शब्द मिलेर 'खेलकुद' शब्द बनेको हो।  शाब्दिक रूपमा खेल्ने र कुद्‍ने कार्यलाई खेलकुद भनिन्छ ।   खेलकुद मानव जीवनमा अत्यन्त आवश्यक कुरा हो  । खेलकुुदले हाम्रो, शरीरमा व्यायाम पनि हुन्छ। खेलकुदले हामीलाई मनोरञ्जन पनि दिन्छ अहिले खेलकुद दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ। खेलकुद दुई किसिमका हुन्छन्। घरभित्र खेलिने खेल र बाहिर खेलिने खेल। घरभित्र खेलिने खेलमा क्यारम बोर्ड, टेबल टेनिस, लुडाे आदि पर्दछन् भने बाहिर खेलिने खेलमा फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, आदि पर्दछन् । भलिबल हाम्रो देशको राष्ट्रिय खेल हो। खेलबाट हाम्रो मन र शरीर दुबै स्वस्थ रहन्छ खेलकुुदले हामीलाई फुर्तिलो बनाउँछ। खेलकुदले मानिसको बृद्धि विकास गर्न पनि मदत गर्दछ।अहिले नेपालले पनि खेलकुदबाट नेतृत्त्व गर्न सक्ने क्षमताको विकास गरेकाे छ । खेलकुदले भाइचाराकाे विकास गर्दछ।खेलकुदकै कारणले गर्दा देश तथा विदेशमा साथी बन्छन्। खेलकुदमा राष्ट्रिय खेलकुद प्रतियोगिता  हुन्छ । अन्तर्राष्ट्रिय खेलकुदमा साउथ एसियन खेलकुद प्रतियोगिता हुन्छ जसमा दक्षिण एसियाली मुलुकहरूले भाग लिन्छन्। त्यसैगरी एसियनखेलकाे आयोजना हुन्छ जसमा एसियाली राष्ट्रहरूले सहभागिता जनाउँछन्। त्यसै गरी ओलम्पिक खेल हुन्छन् जसमा विश्वभरिका राष्ट्रहरूले सहभागिता जनाउँछन्। त्यस्ता प्रतियोगिताहरूमा पदक प्राप्त गर्ने खेलाडीहरूलाई राष्ट्रले सम्मान दिने गर्दछन्।