Logo

Student Corner

दसैँ

Written by: Subhaya Shrestha - 2028039, Grade IV

Posted on: 04 October, 2020

दसैँलाई बडादसैँ, विजयादशमी, दशहरा आदि नामले चिनिन्छ । यो हामी नेपालीहरूको प्रमुख चाड हो। असोज महिनाको शुक्लपक्षको प्रतिपदाकाे दिन यस पर्वको पहिलो दिन हो । माता दुर्गाले महिसासुर नामक दैत्यको नाश गरेर मानवहरूको कल्याण गरेको र असत्यमाथि सत्यको विजय गरेकाे कारण याे पर्व मनाइन्छ । त्यसकारण दशमीलाई विजयादशमीको रुपमा मनाइन्छ । त्यस दिन दुर्गा माताको पूजा आराधना गरिन्छ। । दसैँ असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ र उत्सवका साथ मनाइने चाड हो । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दसैँ घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनको भएतापनि पहिलो नौ दिनलाई नवरात्र र दशौं दिनलाई दशमी वा दसैँ भनिन्छ । दसैँमा हामी ठूलाबडाका हातबाट टीका थापेर आशीर्वाद लिन्छौँ । बडादसैँको दिन रातो टीका र जमरा शिरमा लगाइन्छ जमराको छुट्टै महत्त्व छ । दसैँको पहिलो दिन घटस्थापनाको दिन बालुवा र माटाे राखेर जमरा राखिन्छ । नौ दिनसम्म त्यसलाई छोपेर राखिन्छ र दसैँको दिन पूजाआजा गरेर जमरा प्रसादको रुपमा शिरमा लगाइन्छ। दसैँमा नयाँ लुगा लगाएर आफ्ना मान्यजनकहाँ टिका थाप्न पनि जान्छाैँ। दसैँमा हामी मिठा मिठा परिकार बनाएर खान्छाैँ। याे पर्व निकै रमाइलाे गरी धुमधामका साथ मनाइन्छ । देशविदेशमा भएका आफन्तहरू पनि यस पर्वमा भेला हुन्छन् । त्यसले विजयादशमी नेपालीहरूको लागि महान् चाड हो ।