Written by: Subhanjan Gautam - 2029043, Grade III
Posted on: 04 October, 2020
मेराे बुबा मलाई एकदमै मन पर्छ । मेराे बुबा असल र इमानदार व्यक्ति हुनुहुन्छ । बुबाले मलाई धेरै राम्रा कुराहरू सिकाउनुहुन्छ । बुबाले मलाई धेरै माया गर्नुहुन्छ । मलाई बुबाले खेल्ने कुरा, मिठा मिठा खानेकुरा ल्याइदिनुहुन्छ । नयाँ नयाँ ठाउँमा घुमाउन पनि लैजानुहुन्छ । बुबाले मेरो पढाइमा पनि सहयोग गर्नुहुन्छ। बुबासँग घुम्न जान पाउँदा म धेरै खुसी हुन्छु । कहिलेकाहीँ मैले बदमासी गर्दा मलाई गाली पनि गर्नुहुन्छ । म पनि मेराे बुबालाई धेरै माया गर्छु । म पछि ठुलो भएपछि बुबा जस्तै असल मान्छे बन्नेछु ।