Logo

Student Corner

मेरो परिवार

Written by: Rihan Bogati - 34035, Grade III

Posted on: 02 August, 2024

मेरो नाम रिहान बोगटी हो । म कक्षा ३ मा पढ्छु। म आठ वर्षको भएँ । मेरो परिवारमा ४ जना सदस्यहरू हुनुहुन्छ । मेरो बुबाको नाम राजीव बोगटी हो । मेरी आमाको नाम कमला भण्डारी हो। मेरो घर सिलगढी हाे । याे डोटी जिल्लामा पर्छ । हाल म काठमाडाैँमा बस्छु । म सिफल विद्यालयमा पढ्छु। मलाई खेल्न मन पर्छ । मेरो परिवारमा हामी सबै मिलेर बस्छौँ । हामी बिदाको दिनमा घुम्न जान्छौँ । मलाई मेरो परिवार मन पर्छ ।