Logo

Student Corner

बिदाको दिन

Written by: Selena Bhattarai - 2029044, Grade III

Posted on: 01 October, 2020

मेरो बिदाको दिनमा म बिहान उठेपछि चर्पी जान्छु । म हात मुख धुन्छु । त्यसपछि कोठामा पसेर गृहकार्य गर्छु । भान्सामा गएर नास्ता खान्छु । त्यसपछि एकछिन बहिनीसित खेल्छु । त्यसपछि म आफ्नो  घरमा आएर गुडियासँग पनि खेल्छु । बिदाको  दिन म  नुहाइ धुवाइ गर्छु । बाबा ममीसँग एकछिन बजारतिर पनि घुम्न जान्छु । घरमा आमाले पकाएको मिठो खाजा खान्छु । म आफ्नो कोठा पनि सफा गर्छु । म भान्सामा आमालाई सहयाेग गर्छु । म एकछिन टिभी पनि हेर्छु । यसरी  म आफ्नो बिदाको दिन बिताउँछु ।