Logo

Student Corner

विदेशी सपना

Written by: Eshaan Kumar Rajbhandari - 27027, Grade X

Posted on: 26 July, 2024

विदेशी देशको सपना देख्दा,

आफ्नै देशको माटो छोड्दा

आफ्नो घर र आँगन छोडेर,

विदेशी भूमिमा पाइला टेक्दा

 

ठुलो कमाउने सपना थियो,

सुखी बनाउने परिवारलाई आशा थियो।

तर परदेशको यात्रामा,

अन्जान संसार, कोही नचिनेको ठाउँ

 

दिनभर कामको थकानले,

साँझ पर्न साथ एक्लो मनले ।

मनमा गह्रौँ भारी बोकेको छ,

आफ्नो देश सम्झी रोएको छ ।

 

रोजगारको खोजीमा आएका हामी,

विदेशी भूमिमा बाँच्ने हामी ।

तर हृदयमा बस्ने सधैँ,

देश हाम्रो नेपाल भन्ने ।