Logo

Student Corner

मेराे देश

Written by: Kabya Oli - 29014, Grade VIII

Posted on: 26 July, 2024

न छन् यहाँ माया न छन् यहाँ रिस 

जहाँ बस्छन् मानिस बस्दैन त प्रेम 

छैनन् चरा थरीका छैनन् यहाँ बाज 

किन हुन्थ्यो परेवा सर्वाेच्च यहाँ त ।

 

छैनन् यहाँ त घाम न छ यहाँ पानी 

इन्द्रेनी भएनी रङ नभएको 

न हाँसो न आँसु यो अनौठो देशको 

न दिन न रात भएको ।

 

न बस्छ यहाँ आमा न बस्छ यहाँ पुत्र 

न माया न संस्कार रिस र ईर्ष्या 

छ यो देश अनौठो बस्दैन कोही 

फुलेको बगैँचा तर आउँदैन कोही ।

 

न किरा न पुतली भने झैँ भयो कि 

अनौठो छ यहाँ केही न केही 

मेराे देश छ यहाँ फुटेको सिसा जस्तै 

छैनन्  मुटु र माया यो देश भित्रै ।