Logo

Student Corner

मेरो परिवार

Written by: Aarav Shrestha - 35033, Grade II

Posted on: 26 July, 2024

मेरो नाम आरभ श्रेष्ठ हो । मेरो परिवार सानो छ । मेरो परिवारमा चारजना सदस्य छाैँ । मेरो बुबाको नाम राजन श्रेष्ठ हो । उहाँ बैङ्कमा काम गर्नुहुन्छ । मेरी आमाको नाम मुना श्रेष्ठ हो । मेरी आमा अस्पतालमा काम गर्नुहुन्छ । मेरी दिदीको नाम आश्रा श्रेष्ठ हो । उनी कक्षा सातमा पढ्छिन् । मेरो बुबाले हामीलाई कथा सुनाउनुहुन्छ । मेरी आमाले हामीलाई मिठो खाना पकाएर खुवाउनुहुन्छ  र गृहकार्य सिकाउनुहुन्छ । हामी फुर्सदको समयमा घुम्न जान्छौँ । मलाई मेरो परिवारका सदस्यले धेरै माया गर्नुहुन्छ । मेरो परिवार खुसी र सुखी परिवार हो । हामी सधैँ एक अर्कालाई सम्मान गर्छौँ ।