Logo

Student Corner

गुरु पूर्णिमा

Written by: Aiden Man Nhuchhe Pradhan - 32028, Grade V

Posted on: 25 July, 2024

गुरु पूर्णिमा भनेको गुरुहरूको दिन

 हामीले पढेर तिर्नुपर्छ ऋण

 मानसम्मान दिने गराैँ हरेक दिन

 विशेष गरौँ आज हामीले गुरु पूर्णिमाकाे दिन

 

 गुरुआमा गुरुबालाई उपहार दिने

 बाँकी दिनहरूमा चाहिँ धेरै शिक्षा लिने

 फूलटीका लगाइदिएर आदर सम्मान दिने

 सबैभन्दा राम्राे बानी उहाँले भनेको मान्दिने

 

 हरेक विषय पढाउन भनी गुरु आउनुहुन्छ

 सम्झाइ बुझाइ गरेपछि कार्य दिनुहुन्छ

 कक्षाकार्य पूरा नभए गृहकार्य हुन्छ

 शिक्षकले हामीलाई पढ्न लेख्न सिकाउनुहुन्छ

 

 नआत्तीकन शान्तिसँग काम गर्नुपर्छ

 अल्मलिएमा शिक्षकलाई प्रश्न सोध्नुपर्छ

 सबै दिनमा राम्राे शिक्षा लिनुपर्छ हामीले

हल्ला नगरीकन ध्यान दिएर सुन्नुपर्छ जहिले