Written by: Shuvee Lamichhane - 29033, Grade VIII
Posted on: 22 July, 2024
म आमा,
तिम्री आमा ।
तिम्रो पहिलो शिक्षक, गुरु र साथी पनि
आमा तिमी आकाश हौ भन्यौ,
मैले मानेँ
आमा हिमाल पहाड सबै हौ भन्यौ
मैले मानेँ
आमा तिमी बगिरहेकी नदी जस्तै पवित्र छौ भन्यौ
त्याे पनि मैले मानेँ
आमा तिमी सहनशीलता, अब्बलतामा अब्बल,
तिमी धीरतामा अब्बल
तिमी धर्ती हौ ।
आमा भन्यौ
मैले मान्न सकिनँ ।
जुन धर्तीमा तिमी आफ्ना पाउ टेक्छाै,
त्यो धर्ती आमा कसरी हुन सक्छिन् ?
आमा तिमी धर्ती हौ भने त बारम्बार किल्चिरहेकीछ्यौ
हैन र ?
तर बधाइ छ ।
बधाइ छ तिमीलाई आज तिम्रो पहिलो जित भयो
र, तिम्री उही आमाको हार
जुन आमाको आँचल सानो हुँदा छोड्दैनथ्यौ
त्यो आँचलबाट कति टाढा भाग्यौ है तिमी ?
जुन भुमि, जुन माटो सानो हुँदा
कति प्यारो थियो तिमीलाई
त्याे आाज पराइ बनाइद्यौ है तिमीले
तर म सजाउँछु ।
म सजाउँछु, तिम्रो यो जितको उत्सव
आकाशमा तिम्री यी आमाका सपनाका बाछिटा
र, जमिनमा ती मुर्झिएका सपनाहरू
आमाकाे त्यो रातो सारीको आँचल बिछ्यउँछु,
तिम्रो स्वागतका लागि
र, तिम्रो सिरानी
सिरानी चाहिँ त्यही आमाको निलो छाती
जुन सिरानीमा तिम्रा अनगिन्ती सपनाहरू उम्रने छन् ।