Logo

Student Corner

विद्यार्थीका लक्ष्यहरू

Written by: Selena Bhattarai - 30041, Grade VII

Posted on: 19 July, 2024

बाबु तिमी डाक्टर बन्नुपर्छ 

बुबाले सुरु गरेका काममा साथ दिनुपर्छ। 

 

झिसमिसेमा यात्रा पर पदसम्म 

आँखा राम्रोसँग पुर्‍याऊ पर आँगनसम्म। 

 

खै कसरी भनूँ यो मेरो रहर वा कर 

यो सागरमा कसको पो होला भर ।

 

लक्ष्य मेरो दृढ भयो समयको गतिसँगै 

सफलता अझ  नजिकियो मिहिनेतसँगै ।

 

सङ्कल्प अटल भयो जब परीक्षा आयो 

तरङ्गित मन शान्त रह्यो जब नतिजा भयो ।

 

आज विजयको दिन मेरा पाना पल्टिएका छन् । 

आमाको आशीर्वाद र बुबाको अटल विश्वासले मेरा सपनाहरू साकार भएका छन् ||