Logo

Student Corner

नेपाल

Written by: Aadhyashree Poudyal - 29060, Grade VIII

Posted on: 16 July, 2024

जन्मभूमि नेपालीको हाम्रो देश उच्च

नेपालीको माया भने कहिल्यै नछुट्ने रहेछ   

विविध जातका तर एकै माटोबाट निक्ल्याैँ  

एउटै मन फरक धर्म भए नि छुटेनौँ ।

 

 बुद्धको ज्ञान, शान्तिकाे सन्देश नेपालमा फैलिन्छ 

सुशील आज्ञाकारी सीता हाम्रो मनमा ठहर्छ 

संसारको उच्च हिमाल हाम्रो देशमा रहन्छ 

प्रकृतिको मूल, सुन्दर देश  नेपालमा फक्रन्छ ।

 

गोर्खालीको शक्ति हाम्रो पृथ्वीको सोच 

तराई पहाड हिमालको छुट्टै दृष्टि हुन्छ 

हिमनदी, लेक, ताल सबै दृश्य खुलेकाे 

सृष्टिभरि सुन्दरता नै नेपालमा फुलेकाे  ।

 

 माया प्रेमको सुन्दरता संस्कृतिले देखाउँछ 

 विविध जातका भए नि एउटै मालामा रहन्छ  

 सुन्दरताको कोष हो यो हामी देशका भक्तवादी 

समृद्धि र विकासको नारा भाक्तै मातृभूमि नेपाल  ।।