Logo

Student Corner

नोटबुक

Written by: Aakanchhya Khadka - 2026001, Grade VI

Posted on: 29 September, 2020

एक पटक म राम्रो नोटबुक थिएँ । मलाई चिनकाे वुहान सहरमा बनाइएको थियो। म त्यहाँ धेरै खुसी थिएँ तर अचानक  मानिसहरूले मलाई अन्य नोटबुकले भरिदिए र मलाई नेपाल भन्ने देशमा पठाए । म केही दिनपछि नेपाल पुगेँ। मैले थाहा पाएँ कि म काठमाडाैँ जिल्लामा छु र मैले आफूलाई सिन्धु पुस्तक पसल भन्ने पसलमा रहेको  पाएँ। म सुरुमा डराएँ। मैले धेरै पुरानो नोटबुक देखेको थिए र मलाई लाग्यो कि म पनि पुरानो नोटबुकको रूपमा प्रयोगमा आइनँ। एक दिन आर्यन नामको केटाले मलाई किन्याे। उसले सुरुमा मेरो हेरचाह गर्‍याे तर केही समयपछि उसले मेरो पृष्ठ च्यात्न थाल्यो। त्यसले मलाई दु:ख दियो तर एक दिन उसकी दिदी अरियाले मलाई देखेर मलाई लगिन् । अरियाले मेरो हेरचाह गरिन् । उनले दिनभर लेख्न थालिन् । उनले मलाई राम्राे कागजले गाताले सजाइदिइन् । उनले मेरो धेरै ध्यान राखिन्। उनी अहिले विवाहित छिन्, उनले मलाई हेरिन्, सोचिन् र डायरी लेख्न थालिन्।  अहिले उनी आफ्ना बच्चाहरूलाई  पनि प्रोत्साहित गर्छिन् । म उनको प्यारो हुन पाउँदा खुसी छु । उनका बच्चाहरूले पनि डायरी लेख्न मन पराउँछन् र खुसी छन् । आर्य छोरीको नोटबुक राम्रो हातमा छ । म चाहन्छु संसारमा प्रत्येक मानिसले उनीहरूको नाेटबुककाे ख्याल राखून् ।