Logo

Student Corner

म र मेरो परिवार

Written by: Ruhjen Jung Khadka - 32014, Grade V

Posted on: 15 July, 2024

 मेरो परिवार सानो छ । मेरो परिवारमा चार जना सदस्य छन् । म, मेरो बुबा, मेरी आमा र मेरो भाइ । मेरो बुबा व्यापारी हुनुहुन्छ । आमा चाहिँ गृहिणी हुनुहुन्छ । म अहिले कक्षा पाँचमा पढ्छु । मेरो भाइ कक्षा युकेजीमा पढ्छ । हामीहरू घरमा रमाएर बस्छौँ । केही समय पढ्छाैँ भने केही समय खेल्छौँ । कहिलेकाहीँ घुम्न पनि जान्छौँ । हामी घरमा परिवारका सदस्यहरू मिलेर खेल खेल्छौँ । हामी सबैले आफूलाई मनपर्ने कुरा गर्छौं । हामी एक अर्कालाई चाहिएको बेलामा मद्दत गर्छौं । मेरा बुबाको र आमाको फरक फरक काम भएपनि हामीसँग समय बिताउनुहुन्छ । मेरा बुबाआमाले छोराछोरीको लागि भनेर धेरै मिहिनेत गर्नुहुन्छ । समय हुँदा मेरो बुबाले आमालाई खाना बनाउनमा पनि सहयोग गर्नुहुन्छ । मेरो परिवारमा मेलमिलापको भावना छ । हामी सबैले आफ्ना कुराहरू साटासाट गर्छाैँ । बुबाआमाले हामीलाई राम्रो विद्यालयमा पढाउनुभएको छ । हाम्रा आवश्यकताहरू पूरा गरिदिनुभएको छ । मैले राम्रो परिवार पाएको छु । मैले मेरो परिवारलाई धेरै माया गर्छु । मलाई मेरो परिवारसँग बस्न धेरै रमाइलो लाग्छ ।